समाचार लेखेको विषयमा पत्रकारलाई खुट्टा भाच्ने धम्कि

    • फाल्गुन १६, २०८०
    • ४९८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सर्लाही, १६ फागुन। सर्लाहीको गोडैतास्थित रेडियो धड्कन एफएमका अध्यक्ष शिव कुमार कुशवाहालाई समाचार लेखेको भन्दै अपरिचित मोबाइल नम्बरबाट फोन गरि धम्कि आएको छ।

    जथाभावी समाचार लेखेको भन्दैै ९९८१५८७५४९१ नम्वरको बोवाईलबाट फोन गरेर ती व्यक्तिले धम्की दिएका हुन्। उनले ‘जे मन लाग्यो तेहि लेख्ने, कुरै नबुझि समाचार लेख्छस्, चिन्छस् कि चिन्दैनस?्, तेरो दुवै खुट्टा काटीदिन्छु’ भन्दै कुशवाहालाई फोनमा धम्की दिएका छन्।

    फोनमा धम्याउनेसँग परिचय माँग्दा उनले ‘तँ कहाँ छस? भन म त्यहि आएर तेरो खुट्टा काट्छु’ भन्ने धम्की दिएको अध्यक्ष कुशवाहाले सुनाए।

    मंगलबार सांझ रेडियोको अन्लाइन संस्करणमा राखिएको मधेश प्रदेशका स्वास्थ्य मन्त्री बिरेन्द्र सिंहका दाई सुरेन्द्र सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहरु शिर्षकको समाचारका बिषयमा उक्त धम्कि आएको हुन् सक्ने अध्यक्ष कुशवाहा बताएका छन्।

    बुधबार दिउँसो अपरिचित मोबाइल नम्बरबाट फोन आएको र त्यसपछि स्थानिय भाषा (मैथली)मा समाचार किन लेखेको? समचारको आधार के छ ? भन्दै गालि, गर्दै धम्कि दिएका थिए।

    ‘धम्कि दिने व्यक्तिलाई भने ठ्याक्कै चिन्न नसक्दा पनि समचारका आधारमा हेर्ने हो भने मधेश प्रदेशका स्वास्थ्य मन्त्रि बिरेन्द्र सिंहका कोहि नजिकैका ब्यक्ति हुन् सक्ने अनुमान लगाउन सकिन्छ।’ अध्यक्ष कुशवाहाले भने। उनले यस घटनाका बिषयमा कानूनी प्रक्रियामा जाने बताए।

    उक्त समाचार मंगलबारबाट सामाजिक संजालहरुमा छताछुल्ल छ। केहि दिन अघि मात्र स्वास्थ्य मन्त्रि बिरेन्द्र सिंहको स्वास्थ्यका मेसिन किन बेचमा घोटाला हुँदै गरेको खुलासा भएको थियो। स्वास्थ्य मन्त्रि बिरेन्द्र सिंह र सुरेन्द्र सिंह सहोद्दर दाई भाई हुन्। बिरेन्द्र भने वर्तमान मधेश सरकारका स्वास्थ्य मन्त्रि छन् भने सुरेन्द्रप्रसाद नेपालि कांग्रेश सर्लाहीका जिल्ला सभापति हुन्।

    एमाले नेतृत्वमा मधेश ...

    सिरहा, ३० बैशाख। मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा ...

    नर्सहरूको सुविधामा ...

      काठमाडौं, ३० बैशाख। प्रधानन्त्री पुष्पकमल द ...

    नरेन्द्र मोदीको बीजे ...

    तस्बिर स्रोत : GETTY IMAGES भारत-प्रशास ...

    दुई महिनाको दौडधुपपछ ...

      मणिलाल विश्वकर्मा लहान, २९ बैशाख। बुढ्यौल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल