सिरहा, १५ फागुन। २१ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढीमाई नगरपालिका-१० बस्ने ३७ वर्षीय अशाराम दासलाई प्रहरीले पक्राउ गरेको छ। 

दासले ती किशोरीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका १० धनगढीस्थित आँपको बगैचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यलाय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

घटनाबारे प्रहीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।