निजगढ विस्फोटमा परेर मृत्यु हुनेको संख्या ३ पुग्यो

    • फाल्गुन १५, २०८०
    • २१४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    काठमाडौं, १५ फागुन। बाराको निजगढमा शंकास्पद वस्तु विस्फोटमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। तीन जना घाइतको उपचार भइरहेको छ।

    निजगढ नगरपालिका ७ मा रेशम मगरले सञ्चालन गरेको वर्कसपमा सोमबार मध्याह्न विस्फोट भएको थियो। विस्फोटमा परी घाइते भएका वीरगञ्ज ९ का रितु रजतको बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो।

    वर्कसप सञ्चालक ४५ वर्षका रेशम, भारतका राकेश जैसवालको पनि उपचारकै क्रममा बयोधा अस्पतालमा उपचारका क्रममै सोमबार मृत्यु भएको थियो।

    थप तीन जना घाइतेको उपचार भइरहेको छ। निजगढका सूर्यबहादुर थापाको सामुदायिक प्रसूति गृहमा उपचार भइरहेको छ भने वीरगञ्जका फिरोद देवान र भारतका अरविन साहको बयोधामा उपचार भइरहेको छ।

    बारा प्रहरीका अनुसार घटनाको अनुसन्धानका क्रममा कवाडी किन्ने भारतका रमेश जैसवाल र निजगढका टिकाराम पाख्रिनलाई पक्राउ गरेको छ।

    माफिया र बैंक कर्मचा ...

    सिरहा, ३१ बैशाख। एनआईसी एसीया बैंक, गोलबजार शाखाका तत्क ...

    एमाले नेतृत्वमा मधेश ...

    सिरहा, ३० बैशाख। मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा ...

    नर्सहरूको सुविधामा ...

      काठमाडौं, ३० बैशाख। प्रधानन्त्री पुष्पकमल द ...

    नरेन्द्र मोदीको बीजे ...

    तस्बिर स्रोत : GETTY IMAGES भारत-प्रशास ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल