प्रधानमन्त्रीद्वारा नेपालकै सवैभन्दालामो झोलुङ्गे पुल उद्घाटन

    • फाल्गुन १२, २०८०
    • २१२ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १२ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशको विकास नभईकन देश विकास सम्भव नभएको बताएको छ। सिरहा र धनुषा जोड्ने नेपालकै सवैभन्दा लामो कठाल–मल्हनिया मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटनको क्रममा उनले मधेश, पहाड, हिमाल सवैको विकासले नै मुलुक समृद्ध बन्ने बताएका हुन्।

    dhanusha 

    मधेशको विकसको मुख्य आधार कृषि भएको भन्दै यसमा आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै सिंचाईको व्यवस्था आवशयक रहेको प्रम दहालले बताए। उनले भने, ‘मधेशको विकास नभईकन राष्ट्रको विकास हुदैन भन्नेकुरा मलाई गहिरोसँग बोध भएको छ। कृषि विकासका योजनालाई प्राथमिकतामा राखेर आउँदो निती तथा कार्यक्रममा बजेटसहित आउने छ।’

    प्रम दहालले मधेशसंग आफ्नो छुट्टैखालको लगाब रहेको बताउँदै यहाँको समग्र विकासमा व्यक्तिगत र सरकार प्रमुखको हैसियतले पनि पहल गर्ने बताए।

    कार्यक्रममा मधेश प्रदेशका पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवले कमला नदीले बनाएको बगर संरक्षण्को लागि नदीमा ठोस तटबन्द बन्नु पर्नेमा जोड दिए। उनले प्रत्यक वर्षाको समयमा बाढीले बाँध भत्कीने र किसानको बाली र बस्ती डुवान हुनेगरेको बताए।

    सहरी विकास मन्त्री सीता गुरुङ्गको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रतिनिधीसभा सदस्य रामकृष्ण यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए।

    नेपालकै सवैभन्दा लामो १५ सय ४४ मिटर लामो सो झोलुङ्गे पूल २५ करोड ८० लाख कार्यालयबाट उपलब्ध गराइएको तीन करोड ५ लाख रूपैयाँ बराबरको लठ्ठा र बुल्डग ग्रिप्सको लागतमा सम्पन्न भएको सो झोलुङ्गे पूलको भारवहन क्षमता ५४० मेट्रिक टन करिब ३८ हजार पदयात्री एकैपटक ओरदोर गर्नसक्ने रहेको छ।

    झोलुङ्गे पूलको चौडाई ४ फिट रहेकोले मानिस, चौपाया, साइकल र मोटरसाइकलले प्रयोग गर्न सक्ने भए पनि झोलुङ्गे पूलको आयु लम्ब्याउन मोटरसाइकल तार्दा कम गतिमा वा डो¥याएर तार्न र टेम्पो तार्नेजस्ता कार्य नगर्न सस्पेन्सन बृज डिभिजनले अनुरोध गरेको छ।

    dhanusha1

    एमाले नेतृत्वमा मधेश ...

    सिरहा, ३० बैशाख। मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा ...

    नर्सहरूको सुविधामा ...

      काठमाडौं, ३० बैशाख। प्रधानन्त्री पुष्पकमल द ...

    नरेन्द्र मोदीको बीजे ...

    तस्बिर स्रोत : GETTY IMAGES भारत-प्रशास ...

    दुई महिनाको दौडधुपपछ ...

      मणिलाल विश्वकर्मा लहान, २९ बैशाख। बुढ्यौल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल