ज्योति विकास बैंकले दिए आधारभुत विद्यालय धर्मपुरलाई डेक्स बेञ्च

    • फाल्गुन ११, २०८०
    • ३८३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ११ फागुन। गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले शिक्षाको पूर्वाधार विकासमा हामीले कामगर्नुपर्ने भएपनि बैंकले सहयोग गरेको धन्यवाद ज्ञापन गरेको छ।

    गोलबजार नगरपालिका १० मा रहेको आधारभुत विद्यालय धर्मपुरलाई ज्योति विकास बैंक गोलबजार शाखाले आयोजना गरेको डेक्स बेञ्च हस्तान्तरण कार्यक्रममा मेयर श्रेष्ठले यो हाम्रो कामभएपनि बैंकले सहयोग गरेकोमा धन्यवाद दिएका हुन्।

    Jyoti bikash bank4

    उनले शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार विकासको काम नगरपालिकाले गरिरहेको र गर्नुपर्नेमा यहाँ बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा डेक्स बेञ्च दिएर आफ्नो सामाजिक उत्तरदायित्व पुरा गरेको बताए। उनले भने, ‘हामी सवैले मिलेर विकासको काम गर्ने हो। हामीसँग भएको स्रोतसाधनले विकासको कामलाई अगाडी बढाईरहेका छौं। यसका अन्य निकायलेपनि हात्तेमालो गर्दै अगाढी बढ्नु आवश्यक छ।’

    सोही क्रममा नगरशिक्षा शाखा प्रमुख शुबोध कुमार लामाले बैंकले आफ्नो सामाजिक दायित्व बुझेर सहि ठाउँमा लगानी गरेको बताए। उनले शिक्षा महत्वपूर्ण विषयहो भन्ने बुझेरै संस्थाले लगानी गरेको हुनुपर्ने बताए।

    विद्याय वेवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा नम्वर १० का वडा अध्यक्ष उपेन्द्र मुखियाले शिक्षाजस्तो पवित्रक्षेत्रको विकासमा सवैको साथ सहयोगको आवश्यक रहेको बताए। उनले आफ्नो प्रयास र साथिहरुको सहयोगमा बैंकले आफ्नो आफ्नो सामाजिक दायित्व अन्तर्गत यहाँ सहगोग गरेको बताए।

    सोही क्रममा उनले विद्यालयलयलाई पूर्वाधारका हिसावले सम्पन्न बनाउँदै शैक्षिक गुणस्तरमा पनि विकास गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘चिटिक्क परेको भवन, कम्वाउण्डवाल र आकर्षक प्रवेशद्वार भएरमात्र विद्यालय राम्रो हुँदैन। त्यसको लागि यहाँको शैक्षिक वातावरण र गुणस्तरमा पनि बृद्धि जरुरी छ। त्यसको लागि शिक्षक, शिक्षकाहरुले पनि मेहन गर्दैजानु पर्छ।’

    समापन मन्तव्यकै क्रममा अध्यक्ष मुखियाले समाजको विश्वासका खातिर पनि यहाँका समिति र शिक्षकहरुले आफ्ना विद्यार्थी आफ्नै विद्यालयमा पढाउनु पर्नेमा जोड दिए। उनले भने, ‘आउने शैक्षिकशत्रबाट म पनि आफ्नो बच्चाहरुलाई यहि विद्यालयमा ल्याउँछु। शिक्षकहरुले पनि यहाँ ल्याउनु पर्छ। अन्यथा त्यसको पनि हिसाव किताव हुन्छ।’

    बंैकले २५ थान डेक्स बेञ्च र एक थान दराज प्रदान गरेको बैंकका शाखा प्रमुख भुवन धमलाले बताए। उनले बैंकले आफ्नो मूनाफाको एक प्रतिशत रकम सामाजिक कार्यमा लगानी गर्ने योजना अनुरुप यो कार्य गरिएकोबताए।

    हस्तान्तरण समारोहमा पूर्व वडा अध्यक्ष देवनारायण महतो, भक्तबहादुर थापा, अनिल लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए।

    विद्यालयका प्रधानाध्यापक मधुराम महतोले शिशुकक्षा देखि ३ कक्षासम्मका विद्यालयर्थीलाई कार्पेट र त्रिपालमा राखेर असज तरिकाले बढाउँदै आएको बताए। उनले अव यो डेक्स बेञ्च प्राप्त भएपछि पठन पाठनमा सहजता आउने बताए। ८कक्षा सम्म अध्ययन अध्यापन हुने विद्यालयमा तीन सय १९ जना विद्यार्थी रहेको बताए। जसमध्येय दुईसयभन्दा बढी विद्यार्थी नियमित उपस्थिति हुने गरेको प्रअ महतोले जानकारी दिए।

     

    माफिया र बैंक कर्मचा ...

    सिरहा, ३१ बैशाख। एनआईसी एसीया बैंक, गोलबजार शाखाका तत्क ...

    एमाले नेतृत्वमा मधेश ...

    सिरहा, ३० बैशाख। मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा ...

    नर्सहरूको सुविधामा ...

      काठमाडौं, ३० बैशाख। प्रधानन्त्री पुष्पकमल द ...

    नरेन्द्र मोदीको बीजे ...

    तस्बिर स्रोत : GETTY IMAGES भारत-प्रशास ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल