सर्लाही, १० फागुन। सर्लाही प्रहरीले एक सय ६६ किलो अवैध लागू औषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले बा. प्रदेश ०१–०२६ च ५१५९ नम्बरको कारलाई जाँच गर्ने क्रममा प्रहरीले गाँजासहित बागमती नगरपालिका ३ नयाँ बस्ती चोकबाट नवलपरासी पूर्व गैंडाकोट नगरपालिका ११ का ३० वर्षीय सुर्य परियारलाई बिहीबार पक्राउ गरेको हो।
प्रहरीले चेकजाँचको क्रममा कारभित्र १० वटा पोकामा गाँजा फेलापरेपछि चालक परियारलाई कारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाउको छ।