सिरहा, ७ फागुन। वन कार्यालायले सिरहाको गोबलजारबाट सखुवा प्रजातीको विभिन्न नाप–साइजको १२ थान चिरानसहित ५ थान साइकल वरामद गरेको छ।

सब डिभिजन वन कार्यालय, गोलबजार चोहर्वाको गस्ती टोलिले नगरपालिका १० बुद्धचोकवाट काठसहित साइलक बरामद गरेको हो।

बरामद काठ उदयपुर जिल्लाको चुरे वन क्षेत्रवाट ल्याइएको हुन सक्ने डिभिजन वन कार्यालय सिरहा, लहानका प्रमुख सुजित कुमार झाले जानकारी दिए।

वन कर्मचारी आएको जानकारी पाएर काठतस्करहरु काठसहितको साइँकल छोडेर भागेको हुनसक्ने बताइएको छ।

प्रमुख झाले काठ कसले कहाँ लगिरहेको भन्नेसहित थप अनुसन्धान भईरहको जनाए।