लगडीगदियानी–गोलबजार सडक निर्माणमा ठेकेदारले लापर्वाही गरेको भन्दै स्थानीय आक्रोशित

    • फाल्गुन ५, २०८०
    • ३८५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, ५ फागुन। अभियन्ता तथा पत्रकार रामरिझन यादवले लगडीगदियानी–गोलबजार सडक निर्माणमा ठेकेदारको लापर्वाहीले निर्माणकार्य ढिलोभएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

    लगडीगदियानी–गोलबजार सडक तत्काल निर्माणको माँग गर्दै दुई दिवसीय पैदल यात्राको गोलबजारमा समापन गर्दै अव ठेकेदारको लापर्वाही सहन नसकिने भन्दै हुलाकी सडक संघर्ष समितिका संयोजक समेत रहेका यादवले आक्रोश व्यक्त गरेका हुन्।

    दुई वर्षमा कार्यसम्पन्न गर्नेगरी २०७७ भदौमा ठेक्का स्वीकार गरेपनि अहिलेसम्म कलभर्ट निर्माणको कामसमेत सम्पन्न गर्न नसकेको, चारवर्ष देखि यस क्षेत्रको जनताले धुलो र हिलोमा हिड्न बाध्य हुनु परेको भन्दै यादवले बताए। उनले भने, ‘ठेकेदारले दुई वर्षमा काम सम्पन्न गर्न सकेन, थप ६ महिनाको अवधिमा पनि उनको कामको गति सुस्त रहेको छ। ठेकेदार कामप्रति इमान्दार हुन सकेको छैन। यहि अवस्था अव हामी सहन सक्दैनौं।’

    ठेकेदारले काम गति नबढाए उनलाई काठमाडौंबाट पकडेर ल्याएर सिरहा घुमाउने चेतावनी दिए। उनलेभने, ‘ठेकेदारको यहि गति रहे हामी उनलाई काठमाडौंबाट ल्याएर गाउँ घुमाउँछौं। अन्यथा उनले कामलाई तिब्रता देओस्।’

    अभियन्ता यादवले यस क्षेत्रबाट जितेका प्रतिनिधीहरुले पनि भोट बैंकको रुपमा मात्र लिएको भन्दै आक्रोस व्यक्त गरे। ‘विश्वानाथ साह र लिलानाथ श्रेष्ठले हामीसँग भोटमात्रै लिने हो? यहाँको जनताको दुख कष्ट हेर्नु पर्दैने?’ भन्दै यादवले भने, ‘मतमाग्न मात्र हैन यस क्षेत्रको अवस्था नियाल्न तत्काल यस क्षेत्रमा आउनुस् र यो विषयलाई अहिले चलिरहेको संसदमा उठाउन माननिय लिलानाथ श्रेष्ठसँग अनुरोध गर्दछु।’

    यादवले सामान्य वर्षामा पनि यस सडक अन्तर्गत पर्ने गोलबजार, सिरहाका नगरपालिका र अर्नमा गाउँपालिकाका ९ वटा वडाका बासिन्दाले सामान्य वर्षमा हिलो र अहिले धुलोको सामना गर्नु परिरहेको बताए।

    उनले यो भारत सरकारको सहयोगमा निर्माण भईरहेकोले यसमा बजेट अभावको समस्या देखाउनु ठेकेदारको उम्कने कुरामात्र भएको बताए। उनले अव ठेकेदार कुनैपनि वहानामा उम्कन नपाउने भन्दै निर्माणकार्यलाई तिब्रता नदिए सिंहदरबारसम्म पुग्ने चेतावनी दिए।

    समापन कार्यक्रममा गोलबजार नगरपालिकाका पूर्व मेयर देवनाथ साहले यो आन्दोलनलेमात्र ठेकेदारले नसुन्ने बताए। उनले अव ठेकेदारले कामलाई तिब्रता नदिए सिंहदरमारमै पुग्नु पर्नेमा जोड दिए। उनले भने, ‘म ठेकेदार यो आन्दोलनले गल्ने बाला छैन, सिंह दरमार नै पुग्नुपर्ने अवस्था आउन सक्छ। त्यस्तो अवस्था आए म पनि तपाईहरुको साथमा छु।’

    समापन कार्यक्रममा गोलबजार नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष सकलदेव यादव, अभियानकर्मी जयनारायण यादव, हरिनारायण यादव लगायतकाले मन्तव्य व्यक्त गरेका थिए। उनीहरुले तत्काल निर्माणकार्यलाई जोड नदिए आन्दोलन थप शसक्त बनाउने बताए।

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल