कपिलवस्तुमा रात्री बस दुर्घटना, १० जनाको मृत्यु, ३० जना घाइते

    • फाल्गुन ३, २०८०
    • २२७ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लुम्बिनी, ३ फागुन। कपिलवस्तुमा यात्रुबहाक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो। दुर्घटनामा ३० जना घाइते भएका छन्।

    बुधबार राति १ बजे महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको बस बाटोबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

    घाइते मध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको छ। अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको कपिलवस्तुका एसपी नवरत्न पौडेलले जानकारी दिए।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी डीएसपी हरिबहादुर वलीका अनुसार मृतकमध्ये तीन महिला र चार पुरुष छन्। उनीहरूको सनाखत हुन सकेको छैन। घाइते सबैको उद्धार गरी अस्पताल पठाइसकिएको प्रहरीले जनाएको छ। बसमा ४० यात्रु सवार सवार रहेको र चालक पनि घाइते रहेको प्रहरीले बताएको छ।

    तिव्र गतिका कारण बस सडकबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुमान छ।

     

    नेपाल अन्तर्राष्ट्रि ...

    काठमाडौं, १६ बैशाख। तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ...

    मोटरसाइकलमो पछिल्लो ...

    बर्दीबास, १५ बैशाख। महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परी ...

    उप–निर्वाचन शान्तिपू ...

    सिरहा, १५ वैशाख। शनिबार इलाम २ मा प्रतिनिधिसभा र बभाङ १ ...

    मुख्यमन्त्री यादवले ...

    जनकपुरधाम, १५ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोज ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल