सिरहा, २८ माघ। मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले आज पालिकामा भएको तोडफोड घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
विना कारण मिर्चैया नगरपालिका ३ का खगेश्वर गोहिवार यादवससहित ३०/४० जनाको समूहमा आएका उछृङ्खल समूहले अन्धाधुन्ध ढुङ्गामुडा प्रहरगरी कार्यलयमा क्षति पुर्याएको घटनाले गम्भिर बनाएको बताएको हो। गोहिवार वडा ३ का अध्यक्ष पवित्रि देवी यादवको पती हुन्।
मेयर यादवले प्रेस विज्ञप्ती मार्फत उच्छृङ्खल समूहबाट भएको ढुङ्गामुढाबाट कार्यालयको झ्याल, टोका, सीसीटीभी क्यामेरा, कम्पूटर, मोटरसाइकल लगायतका महत्वपूर्ण समाग्रीमा क्षति पुगको भन्दै घटनाको भत्र्सना गरेको छ।
उनले घटनाबाट प्रहरी र सर्वसाधारण घाइते समेत भएका छन्। उनीहरुको विभिन्न स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भईरहेको छ।
मेयर यादवले घटनामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माँग समेत गरेको छ। तत्काल दोषी उपर कारवाही अगाडि नबढाए त्यसबाट उत्पन्न हुने घटनाको स्वयम् जिम्मेवार स्थानीय प्रशासन हुने चेतावनी समेत विज्ञप्तिमार्फत् दिएका छन्।
वडा नम्वर ३ मा वडा सचिव नपठाएर दैनिक कामकाज प्रभावित भएको भन्दै गोहिवारसहित स्थानीय नगरपालिकामा ताला लाउन आएका थिए। ताला लाउन आउने समूहर प्रहरीविच भएको झडपले उग्ररुप लिएपछि ढुङ्गामुढा भएको थियो।