सिरहा, २४ माघ। आम सञ्चार प्राधिकरण मधेश प्रदेशले रौतहटका पत्रकार कृष्ण तिवारीमाथि भएको कुटपीटमा संलग्नलाई तत्काल पक्राउ गरी कार्वाही गर्न माग गरेको छ।

समाचार संकलनका क्रममा रौतहटको कटरिया नगरपालिका ९ स्थित बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिमा पत्रकार तिवारीमाथि भएको सांघातिक हमलागर्नेहरुमाथि कार्वहीको माग गरेको हो।

प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले आज प्रेस विज्ञप्ती जारी गर्दै कुटपीट घटना प्रति गम्भिर ध्यानाकर्षण भएको बताएको छ। जरी विज्ञप्तीमा कुनै पनि बाहानामा पत्रकारमाथि आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको उल्लेख गरीएको छ। जजि विज्ञप्तीमा ‘मिल सञ्चालकको हर्कतले कानूनी राज्यको उपहास गर्दै दण्डहिनताको पराकाष्ठा नाघेकोले उक्त घटनाका नाईकेसहित सवैलाई कार्वाही गर्न सम्बन्धित निकायको ध्याणकर्षण गराउँदछौं; लेखिएको छ।

उखुको तौल मिल प्रशासनले घटनाएको भन्दै उखु किसानले प्रशासन विरुद्ध नाराबाजी गर्दै गरेको दृश्य छायाङ्कन गर्ने क्रममा पत्रकार तिवारीमाथि कुटपीट भएको थियो। उनको वीरगञ्जमा उपचार भईरहेको छ।

425860113_7412638262130300_2215694059170178132_n