सिरहा, २३ माघ। लागुऔषध दुर्वेशनको समस्या समाजको तल्लो भागसम्म पुगेकोले न्यूनिकरणका उपायपनि समाजीकस्तरबाटै खोजिनुपर्ने एक कार्यक्रमका बक्ताहरुले बताएका छन्।

‘बढ्दो लागुऔषध प्रयोग तथा ओसारपोसार न्यूनिकरणमा सरोकारबालाहरुको भूमिका’ विषयक अन्त्रकृया कार्यक्रमका सहभागीहरुले लागुऔषध दुर्वेशनले समाजलाई गाजिसकेकाले न्यूनिकरणका उपायपनि गाउँबाट नै खोजिनुपर्ने बताएका हुन्।

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव सिंहले लागुऔषध दुव्यशनको समस्याले सामाजिक रुप लिई सकेको बताए। उनले यो समस्या प्रत्यक गाउँ र घर–घरको समस्याको रुपमा फैलिदै गएकोले समाधान पनि समाजबाटै खोजिनु पर्नेमा जोड दिए। उनले भने, ‘लागुऔषध दुर्वेशनको समस्या कुनै व्यक्ति, समाज वा समूदायमामात्र नभएर समाजिक रुपमा देखापरेको छ। समाधानका लागि पनि समाजिकस्तरमै जागरण फैलाउन जरुरी छ।’
रोकथाप, क्षति न्यूनिकरण र उपचारका कामहरुलाई पनि एकसाथ अगाढी बढाउनुपर्ने आवश्यकता रहेको सिंहले बताए।

मकमानपुर रिकभरिङ्ग समूह र मुक्ति नेपालद्वारा आयोजित अन्तरकृया कार्यक्रममा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख, गोलबजार नगरपालिका २ का वडा अध्यक्ष सुकदेव सिंह, ४ का सकलदेव यादव १३ का नन्दकुमार महतो, उद्योग व्यापार संघ गोलबजारका अध्यक्ष विजय साह, अन्य यसरकोबालाहरुको उपस्थिति रहेका थिए।

उनीहरुले खुल्ला बोर्डरका कारण सिरहा जिल्ला लागुऔषध प्रयोग र ओसारपोसारको ट्रान्जिट बनेको बताए। पहिला सहर बजारक्षेत्रका निश्चित युवाहरुमात्र लागुऔषध दुर्वैशनको शिकार भएपनि पछिल्ला दिनहरुमा यसले गाउँका युवापुस्तासम्म फैलिको बताए।

उनीहरुले यसको न्यूनिकरणको लागि कानूनि कार्यान्वन र सामाजिक उपायहरु खोजिनुपर्नेमा जोड दिए।

मकमानपुर रिकभरिङ्ग समूहद्वारा गोलबजारमा सञ्चालित रिकरीङ्ग सेन्टरका संयोजक प्रविण गौतमले जान अन्जान कुलतमा फसेकाहरुपनि हाम्रै समाजका छोरा भतिजा भएकाले उनीहरुलाई सहिबाटो ल्याउनु हाम्रोपनि दायित्व भएको बताए।

मकमानपुर रिकभरिङ्ग समूहका अध्यक्ष सुरज विक्रम राणाको अध्यक्षतामा सम्पन्न अन्तरकृयाको उदेश्यबारे अनिल तामाङ्गले जानकारी गराएका थिए।