सिरहा, २२ माघ। सिरहामा ठगी आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्। चन्द्र नमुना माध्यमिक विद्यालय सिरहाका प्रधानाध्यापक सिरहा नगरपालिका ७ घर भएका मधुसुदन कर्णलाई ठगी आरोपमा आज सोमबार ठगीको नियन्त्रणमा लिएको हो।

सिरहा नगरपालिका ८ का रोशनकुमार यादवले सञ्चालन गरेको नेपाल आइरन स्टोर एण्ड जनरल सप्लायर्सबाट विद्यालयमा निर्माण कार्यका लागि भन्दै १७ लाख ४ हजार ५ सय ८१ रुपैयाँ ४ पैसाबराबरको निर्माण सामग्री लिएको तर पैसा नदिएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन्।

ठगि आरोपमा पक्राउ गरी सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय वसिरहाका सूचना अधिकारी रबिन्द्र राज पाण्डेले जानकारी दिए।

निर्माण समाग्रि खरिद गरेको अवस्थामा सिरहा नगरपालिकाका मेयर डाक्टर नविन यादव विद्यालय व्यवस्थापन समिकिा अध्यक्ष रहेका थिए।