जनकपुरधाम, २१ माघ। धनुषाको मिथिला बिहारी नगरपालिकाको जनप्रतिनिधिहरूले नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरि दिएका छन्। मिथिला बिहारी नगरपालिकाले गत १० वैशाखमा करार कर्मचारी भर्नाको विज्ञापनको नतिजा प्रकाशनमा नगर प्रमुखले अनिक्षा देखाएको भन्दै तालाबन्दि गरेका हुन्।
कर्मचारी भर्नाको आवेदन लिएको १० महिना वितिसक्दापनि नतिजा प्रकाश नगरि नगर प्रमुख राजेन्द्रप्रसाद यादवले आलटाल गरेको आरोप जनप्रतिनिधिहरुको छ।
करार कर्मचारीहरुको नतिजा प्रकाश नभएको कारणले नगरपालिकाको एम्बुलेन्स, जेसिबि, लगायत अन्य सवारी साधनहरु कवारमा परिनत भैइ रहेको वडा नम्बर ८ वडा अध्यक्ष जिवछ यादवले जानकारी गराएका छ्न्।
१० वटा वडा रहेको मिथिला बिहारी नगरपालिका वडा कार्यालयहरुमा कार्यालय सहयोगी नभएको कारणले काम गर्न कठिनाइ भएको वडा नम्बर ९ वडा अध्यक्ष बिन्देशवर यादवले बताए। उनले भने, ‘नगर प्रमुखलाई धेरै पटक आग्रह गर्दा सुन्नु भएन, बाध्य भएर तालाबन्दी गरेका हौं।’