सिरहा, ३ माघ। नरहा गाउँपालिकाकी उपाध्यक्ष गुलावदेवी चौधरीले महिला आफै सक्षम नभएसम्म हिंसाका घटना अन्त्य नहुने बताएकी छन्। सिरहाको नरहा ४ मा रहको जनता बनवाली माध्यमिक विद्यालय (प्राविधिक)का विद्यार्थीद्वारा आयोजित ‘महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि वक्तृत्वकला’ कार्यक्रममा उपध्यक्ष चौधरीले महिला सामाजिक र आर्थिकरुपले सक्षम भएमात्र हिंसा अन्त्यहुने बताएकी हुन्।

उपाध्यक्ष चौधरीले महिलाहरु आफूले आफैलाई कमजोर ठान्ने प्रवृति रहेको भन्दै त्यस्ता हिनभाव त्याग्न अनुरोध गरे। उनले आफूले चाहेको, सोचेको काममा निरन्तर लागिपरे एकदिन अवश्य सफल हुने बताए। उपाध्यक्ष चौधरीले भनीन, ‘महिलाले दुनियाँका सवै काम गर्न सक्छ। हामीले के गर्ने भन्ने खुट्याएर निरन्तर लागि परे एक पक्कै सफल हुन्छ। हामी सफल भएमात्र हिंसाको अन्त्य हुन्छ।’

उनले यस्ता खालका कार्यक्रमहरुले छात्र छात्राहरुमा बोल्ने, लेख्ने र अतिरिक्त विषयको ज्ञान वृद्धि हुने बताए। विद्यालय आफैले पनि नियमित रुपमा विद्यार्थीको आतिरिक्त ज्ञान, शिप विकासको लागि यस्ता कार्यक्रम गर्न जरुरी रहेको बताँदै संस्थालाई पनि विद्यार्थीहरुलाई जोड्ने कार्यक्रम गर्न उपाध्यक्ष चौधरीले अनुरोध गरे।

सोही क्रममा वडा नम्वर ४ का उपाध्यक्ष रामविलेक्षण यादवले भएको कानुन कार्यान्वयन नहुँदा महिला हिंसाको घटनामा वृद्धि भएको बताए। उनले भएकै कानुन सहि तवरले लागु हुने र सामाजिक न्याय दिलाउन सकिए महिला तथा बाल बालबालिकामा हुने हिंसा धेरै घट्ने बताए।

‘महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि वक्तृत्वकला’ कार्यक्रममा कक्षा ११ र १२ का १२ जना छात्राहरुले भाग लिएका थिए। जसमध्येय चन्द्रिका कुमारी यादव प्रथम, रितिका कुमारी यादव द्वुतिय र ज्याती यादव तृतिय भएका थिए।

सहभागी छात्राहरुले छोरीले पनि अंस र बंसमा समान अधिकार नभएसम्म महिला तथा बालिकाहिंसा अन्त्य नहुने बताए। प्रतियोगीहरुले समान शिक्षा, दहेजको अन्त्य, अंश र बंसमा छोरीको पनि अधिकार स्थापीत हुनुपर्ने धारणा राखेका थिए।

जनता बनवाली माध्यमिक विद्यालय (प्राविधिक)का विद्यार्थीद्वारा आयोजित र दलित महिला केन्द्र, नेपाल (सीडीडब्लुएन)को सहकार्यमा सम्पन्न कार्यक्रमको अध्यक्ष प्रधानाध्यापक रामेशवर यादवले गरेका थिए भने, स्वागत संस्थाकी अन्जना पूर्वेले गरेकी थिईन्।

कार्यक्रममा उपाध्यक्षसहितका जनप्रतिनिधी, विद्यालयका शिक्षक, विद्यार्थी, सञ्चारकर्मी लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी छात्राहरुलाई सीडीडब्लुएनले पुरस्कार र प्रमाणपत्र समेत प्रदान गरेका थिए।

cdwn barchhawa002 cdwn barchhawa07 cdwn barchhawa6