बर्दिवास, २९ पुस। महोत्तरीको उतत्तरी क्षेत्र बर्दिवास नगरपालिकामा चुरे तथा रातु नदीमा अनियन्त्रित र अनुचित उत्त्खन्न भैइरहेको आवाज उठीरहेको वेला धमाधम टिपर र जेसीवी पक्राउ पर्न थालेका छन्।
राजस्व छली गर्दै अवैध दोहन भएको चर्को विरोध भैइरहेकै वेला दुई दिनभित्र ११ वटा टिपर र जेसिविलाई प्रहरीले पक्राउ गरेको हो।
बर्दिवास ४ स्थित चेरुको निजि जग्गावाट मापदण्डविपरित उत्त्खनन भएको आरोपमा माटो ओसारपसार गरिरहेका ११ वटा टिपर पक्राउ परेको २४ घण्टा नबित्दै बर्दिवास ७ वाट आज एउटा जेसिवी र टिपरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा अस्थायी प्रहरी पोष्ट माईस्थानबाट खटिएको प्रहरी टोलीले अवैध उत्त्खनन र स्टोक प्रमाणित नरहेको उक्त जेसिवी र टिपर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लोककृष्ण अधिकारीले जानकारी दिए।