सिरहा, २४ पुस। चिसो बढ्नथालेपछि सिराहाका सामुदायिक विद्यालयहरु बन्द धमाधम बन्द हुन थालेको छ। शितलहर तथा चिसोका कारण विद्यार्थीको स्वस्थ्यमा प्रतिकुल असरर्नेभन्दै पालिकाहरुले विद्यालय बन्दको सूचना जारी गरहेको हो।
सिराहाको सिरहाको गोलबजार नगरपालिकाले आज मंगलबार सूचना जारीगर्दै बढ्दो शीतलहर तथा जाडोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै २५ गतेदेखि विद्यालय बन्द रहने सूचनाजारी गरेको छ। शिक्षा शाखा अधिकृत सुवोध कुमार लामाद्वारा जारी सूचनामा माघ २ गतेमात्र विद्यालय खुल्ने उल्लेख गरेको छ।
चिसोले विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै लक्ष्मपुर पतारी गाउँ पालिकाले पनि आजबाट लागुहुनेगरी एक हप्ता जाडो बिदा दिएको छ।
गाउँपालिकाका शिक्षा अधिकृत रामबालक पासमानले सोमबार सूचना जारी गर्दै मंगलबारदेखि लागू हुने गरी आगामी २ माघसम्म जाडो बिदा दिइएको जनाएका छन्।
त्यसैगरी नगरहा गाउँ पालिकाले पनि विद्यालय जाडो विदा दिएको छ।
पछिल्लो केही दिनयता बाक्लो हुस्सु र कुहिरोसँगै तापक्रम घटेपछि जनजीवन प्रभावित बन्दै आएको छ। बाक्लो हुस्सु र कुहिरो प्रायः दिउँसोसम्म लाग्ने गरेकाले जनजीवन प्रभावित बनेको हो।