सिरहा, २० पुस। महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यको गाउँ गाउँसम्म जनचेतना पुर्याउनुपर्ने वक्ताहरुले बक्ताएको छ।

सिरहाको गोलबजार नगरपालिका ४ मा रहेको जनता माध्यमिक विद्यलय(प्राविधिक)का विद्यार्थीद्वारा आयोजित ‘महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि वक्तृत्वकला’ कार्यक्रमका बक्ताहरुले आफ्नै घरभित्रै महिला तथा बालिकाहरु असुरक्षित रहेकाले प्रत्यक घरमै चेतना आवश्यक रहेको बताए।

मधेशमा दहेज र बाल विवाहका कारण महिलाहरु बढी हिंसामा परेको बताउँदै यसको रोकथामको लागि कानुनी कार्यानवयन र चेतनाको आवशयक रहेको विद्यालयका प्रधानाध्यापक भरत प्रसाद साहले बताए। उनले भने, ‘प्रत्यक घरमा सूचना पुर्याउने सक्ने माध्यम विद्यालय र विद्यार्थी भएपनि गाउँ घरमै जनचेतना पुर्याउन जरुरी छ।’

सोही क्रममा गोलबजार नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष सकलदेव यादवले कक्तृत्व कलामा सहभागी छात्र छात्राहरुबाट धेरै कुरा सिक्न पाएकोमा खुसी लागेको बताए। उनले विद्यार्थीहरु नै भोलीका अभिभावक भएकाले तपाईहरुको बुझाई व्यवहारमा लागुहुने हो भने हिंसा न्यूनिकरणमा ठूलो योगदान पुग्ने बताए। उनले भने, ‘युवा स्वभाव भनेको अत्यकिधक सोच्ने क्षमता, छिटो बुझ्ने र व्यवहारमा लागु गरिहाल्ने स्वभाव हो। तपाईहरुले आज बुझेको कुरा पक्कै लागुगर्ने मैले विश्वास लिएको छु।’

प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत १७ जना छात्र–छात्रा सहभागी भएका थिए। सहभागीमध्येय १२ कक्षामा समिधा यादव प्रथम, सुरज सहनी द्वितीय र कक्षा ११ की मुना भुजेल तृतीय भए।

उनीहरुलाई एक थान झोला र एक दर्जन कापी (अभ्यास पुस्तिका) प्रदान गरिएको थियो भने, सहभागी सवैलाई एक–एक दर्जन कापी प्रदान गरिएको सहयोगीसंस्था दलित महिला केन्द्र नेपाल (सीडीडब्लुएन) का अन्जाना पूर्वेले जानकारी दिए।

कार्यक्रममा स्वागत सीडीडब्लुएनका अन्जाना पूर्वेले गरे भने सञ्चालन विद्यालयका शिक्षक राज कुमार साहले गरेका थिए।

कार्यक्रममा विद्यालयका शिक्षक, जनप्रतिनिधी, विद्यार्थी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो। सीडीडब्लुएनको सहयोग तथा सहकार्यमा विद्यालयका विद्यार्थीहरुले कार्यक्रमको आयोजना गरेका थिए।

jmtGBR5 jmtGBR jmtGBR6