जनकपुरधाम, २० पुस। गैरसरकारी संस्थाहरुको क्षमता अभिबृद्धिका लागि लिडरसिप एकेडमी नेपालले जनकपुरमा प्रदेश स्तरीय दुई दिने तालिम सुरु गरेको छ।
प्रादेशमा रहेका दलित तथा आदिवासी जनजाती गैरसरकारी संस्थाहरुको क्षमता विकासलाई लक्षित गरेर संचालन गरिएको आठवटै जिल्लाका २५ जना भन्दा बढि सहभागी रहेको आयोजक संस्थाका बरिष्ठ कार्यक्रम प्रबन्धक प्रभावकर प्रधानले बताए।
परियोजना प्रस्ताव लेखन, कार्यक्रम, योजना र कार्यान्वयन, बित्तिय व्यवस्थापन र बजेट तथा नेतृत्व विकास र वकालत लगायतका विषयमा तालिम केन्द्रित रह्ने लिडरसिप एकेडमी नेपालकी कार्यक्रम संयोजक सविना बाडेले बताइन्।
गैरसरकारी संस्थाहरुलाई लक्षित गरेर संचालन भएको उक्त तालिममा प्रशिक्षकद्वय भाग्य नारायण महतो र सत्रुधन सिंहले सहजीकरण गर्ने उनले सुनाइ्न।