रौतहट १७ पुस। रौतहटमा अंग्रेजी नयाँ बर्ष मनाउन आएका दुईजना भारतीय युवकको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत उतरिभेग चन्द्रपुर नगरपालिका ५ स्थित चिडियादह चोक नजिक ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाही तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिंदा उनीहरुको मृत्यु भएको हो।
ट्याङ्करको ठक्करबाट टेम्वोमा सरवार भारत विहारको सितामाढी जिल्ला डुमरीका ३५ वर्षिय पिंकु सिंह र सोही गाउँका २२ वर्षिय अवधेश झा रहेको प्रहरीले जनाएको छ। उनीहरूको उपचारको क्रममा गएराती नारायणी अस्पताल बिरगञ्जमा मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।
नयाँ बर्षमा पिकनिक मनाएर वाग्मती नुनथरबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेका थिए।
दुर्घटनामा टेम्पो चालक सर्लाहीको वाग्मती नगरपालिका ६ खाल्टेका ४४ बर्षिय भुपेन्द्र सहनीसहित सबै ६ जना घाईते भएका छन्।
दुवैको शव नारयाणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको छ।