सर्लाही, १६ पुस। सर्लाही प्रहरीले नियन्त्रित लागुऔषध सहित दुई युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्लाको ब्रहम्पुरी गाउँपालिका ५ बाट नियन्त्रित लागूऔषध वानरेक्स एक सय एमएलको ५ सय ९२ बोतल, स्पास्मो प्रोक्सिभोन प्लस लेखिएको २ हजार १ सय ६० ट्याब्लेट, नाइट्राभेट ३ हजार ट्याब्लेट र नगद एक लाख पाँच हजार आथ सय १५ रूपैयाँसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले चेकजाँचको क्रममा लागु औषधसहित हरिवन नगरपालिका ७ का ४० वर्षीय बैजु महरा र सोही नगरपालिका ३ का ३६ वर्षीय मदन बहादुर घिसिङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले प्र. २–०३–००७ प ८४०७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागु औषधसहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।