• बिशाल बस्नेत 

महाेत्तरी, १५ पुस। बर्दिवास  नगरपालिकाले ठेक्केदार कम्पनीलाई अवैध उत्त्खनन गर्न प्रोत्साहन गरेका धेरै प्रमाणहरु अहिले सामाजिक संजालमा सुरक्षित छन।

राष्ट्रिय मुलधारका मिडिया देखि स्थानिय संचार मिडियाहरुमा पत्रकारहरुले यसभित्रको बेथिती मात्र उजागर गरेका छैनन स्थलगतरुपमा गहिरा खाल्डोभित्र पसेर क्यामरा समेत घुमाईरहेका छन।

अनौपचारिक मापन गर्दा ९ फिट गहिरो खाल्डो वनाइएको छ जुन ३ फिट भन्दा निकाल्न नपाईने आई रिपोर्टले मात्र निर्धारण गरेको छैन ढुगां, गिटी, वालुवा बिक्रीवितरण तथा उत्त्खनन ऐन २०७७ मा समेत स्पष्ट व्यवस्था गरिएको छ।

एउटा जेसिवी प्रयोग गर्ने ठाउँमा ६ वटा जेसिवी प्रयोग गरिएको छ जस्ले निर्धारित घनमिटर भन्दा बढी अवैध उत्त्खनन गर्न प्रोत्साहन गरेको देखिन्छ।

यी विविध यथेष्ट प्रमाणहरु हुदाहुदै आजको एक कार्यक्रममा नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले दिएको अभिव्यक्तिले उनी कति धेरै ठेक्केदारहरुलाई प्रोत्साह गरिरहेका छन भन्ने आफै प्रमाणित गर्‍यो।

बर्दिवास नगर पत्रकार संजालले आयोजना गरेको कार्यालय उदघाटन समारोहमा उपस्थित भएर मेयरले सफेद झुट यसरी बोले कि पत्रकारले देखाएका स्थलगत रिपोर्टिङ्ग नै गलत भएको अर्थ्याए।

उन्ले भने-`मापदण्ड विपरित उत्त्खनन भएको रहेछ भने तुरुन्त बन्द गर्नेछौ।´ यो भनाईले पनि मेयरले ठेक्केदार कम्पनीहरुलाई आन्तरिकरुपमा अवैध उत्त्खनन गर्न नै उक्साएको जोकोहीले अनुमान लगाउन सक्छन।

हामीले अहिले ठेक्काको क्रममा उत्त्खनन भैइरहेको पथलैया खण्डको गहिरा खाल्डा मात्र देखाएका छैनौ उक्त खण्डमा भएका हरेक बेथितिलाई सूक्ष्म ढंगले मिहिन वनाएका छौ।

तर समाचार हेरीसकेपछी गलत भएको  ठाउँमा गएर ठेक्केदार कम्पनीलाई खवरदार गर्नुको सट्टा पत्रकारहरुको रिपोर्टिङ्गमा औला ठड्याएका मेयरको नियतलाई उन्को आफ्नै अभिव्यक्तिले पर्दाफास गरेको छ।

उदघाटन समारोहमा बोल्दै मेयर क्षेत्रीले अर्को प्रसंगमा भनेका थिए। ` ती खाल्डाहरुमा सत्यता छैन हामी फिल्ममा देखाएका दृश्यहरुलाई पनि त आकलन गर्न सक्छौ।´

तस्करहरुको घेरावन्दी तोडदै ज्यानको बाजि राखेर खाल्डो देखाउने पत्रकारहरु के गलत हुन ?, पर्यावरणमाथी भएको अन्यायलाई उजागार गर्ने पत्रकारहरु साच्चै गलत थिए ? यी विविध प्रश्नहरुको मुल्यांकन आम मानिसहरुले पक्कै गर्लान तर मेयरले उक्त कार्यक्रममा लगाएको गम्भीर  आरोपले पर्यावरणको पक्षमा आगो ओकलीरहेका पत्रकारहरुलाई निरुत्साहित गर्न गरिएको एउटा प्रपंच हो भन्ने अनुमान जोकोहीले लगाउन सक्छन।

पत्रकारिता ऐना हो अनि हामीले त्यो ऐना देखाईरहेका छौ। स्थानिय पत्रकारहरुको लागी अब यो लेख्ने र खवरदारी गर्ने मात्र वनेन अभियान नै वनेको छ।

यो अभियानमा राजनीति दलहरु एक ठाउँमा उभिएका छन। तर रातु नदीमा भैइरहेको बेथितीका विरुद्ध बोल्ने र पर्यावरणको पक्षमा उभिने जोकोही मेयरको निशानामा छन भन्ने बिषयलाई पत्रकारहरुमाथी उन्ले लगाएको आरोपले पुष्टि गर्दछ।यतिमात्र हैन निर्लज्ज वनेर उन्ले बुच पचाईरहदा उनीभित्रको स्वार्थ समेत छर्लङ्ग भएको छ।

पत्रकारहरुले आयोजना गरेको कार्यक्रममा आएका मेयरले बोल्ने बिषयमा के अपेक्षा थियो भने तपाईहरुले उठाएको बिषयमा ध्यानाकर्षण भएको छ, तपाईहरुले बिषयबस्तु उठाईरहदा हामी थप जिम्मेवार वनेका छौ, उत्त्खननको बिषयमा निरन्तर निगरानी भैइरहेको छ।

तर त्यस्तो भएन। उन्ले अहिलेसम्म खोलामा पुगेर अनुगमन पनि गरेका छैनन भन्ने बिषयलाई उनी आफैले पटकपटक प्रमाणित गरे।

उन्ले भने-`यदि ठेक्केदार कम्पनीले मापदण्ड विपरित गरेको भए हामी तुरुन्त रोक्छौ।´

खोलामा अनुगमन गर्न नजाने अनि पत्रकारहरुले देखाएको र लेखेको सवै झुट हुन भन्नू बाहिर सर्वसाधारणले गरेका असंका कतै  सही त होइन भन्ने निष्कर्षमा समेत कतिपय पुगेका छन।