लहान, १२ पुस। डिभिजन वन कार्यालय लहानले कर्जन्हा नगरपालिका १ बल्टीयास्थित चुरे वनक्षेत्र भित्रको कमला नदी बगरबाट अबैध रुपमा ढुङ्गा, गिट्टी, वालुवा उत्खनन् गरि खरिद बिक्रीमा संलग्न रहेको आरोपमा एक व्यवसायीलाई पक्राउ गरेको छ।
वन कार्यालयले कर्जन्हा नगरपालिका ७ मा सञ्चालित कमलेश्वरी कमला प्रशोधन उधोग प्रालिका सञ्चालक जनकपुर उप महानगरपालिका ७ का मोहमद खलिल राईनलाई नियन्त्रणमा लिएको हो।
वन कार्यालयले चुरे वनक्षेत्र पर्ने कमला नदीको बगरबाट मिति गत शनिवार अबैध रुपमा एक्सकाभेटर प्रयोग गरी ढुङ्गा, गिट्टी, वालुवा उत्खन गरिरहेको अवस्थामा नियन्त्रणमा लिउका थियो।
सोही क्षेत्रमा अवैध उत्खनन्गरी खरिद विक्रि गरेको आरोपमा राईनलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले सूचना जारी गरी सार्वजनिक गरेको छ।