सिरहा, ११ पुस। सिरहाको मिर्चैयास्थित एक होटलमा बास बस्न गएको केही बेरमै एक जनाको मृत्यु भएको छ।

मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटलमा आज बुधबार करिव १२ बजेतिर एक महिलासहित बासबस्न गएका कल्याणपुर नगरपालिका २ का करिव ४० वर्षिय मुकेश प्रसाद कर्णको मृत्यु भएको हो।

महिला सहित होटलबा बस्न आएका थिए। उनी माथि कोठामा गएको १० मिनट पनि नवित्दै महिला मेरो राजालाई के भयो भन्दै तल झरेको होलका संचालक विजय यादवले बताए। उनले भने, ‘महिला रोई कराई आएलगतै हामी सवैजना गएर उनलाई हेर्दा बेहोस अवस्थामा थिए। तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्यायौ। त्यहाँ पुगेलगतै स्वास्थ्यकर्मीले मृत घोषित गरे।’

जानकारी पाउन साथ पुगेका प्रहरीले महिलालाई नियन्त्रणमा लियर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए। उनले मृतको मुख बाङ्गो भएको छ। त्यो देख्दा प्रेसरीले हानेको हो की भन्ने अनुमान गरिएपनि पोष्टमार्टमपछिमात्र मृत्युको कारण खुल्ने बताए।

अहिले शव स्थानीय स्वस्थ्य संस्थामा राखिएको छ। घर परिवारलाइ खवर गरिएको बताँउदै प्रहरीले भने, ‘अहिले शव स्वास्थ्य संस्थामै छ, घरपरिवाका व्यक्तिहरु आएपछि आवश्यक प्रकृया पुरागरी पोष्टमार्टमको लागि पठाउँछौं।’

kalyanpur 0005

naraha pus