• आशिष विश्वकर्मा

सिरहा, ८ पुस। सिरहाको मिर्चैया नगरपालिका ११ सोनी स्थित सदाय (मुसहर)वस्ती उठाउने षडयन्त्र भईरहेको छ। आफ्नै गाउँ ब्लकको जग्गा साटफेर गरेर तीन पुस्ता देखि बस्दै आएको मुसहर बस्ती अहिले हटाउने षडयन्त्र भएकोे हो।

मुसहर बस्ती गाउँको विचमा परेपछि तत्कालिन जमिनदारसमेत रहेका सुवेलाल अरगरियाले गाउँ देखि उत्तरको आफ्नो जमिनमा मुसर बस्ती सारेको वडा सदस्य समेत रहेका स्थानीय ७५ वर्षिय झगडु माझिले जानकारी दिए।

साटो पीटो गरेको भएपनि जमिनदारको अगाडी कोही बोल्न नसक्दा उनीहरुको नाममा जमिन आउन नसकेको वडा सदस्य माझिले बताए। उनले त्यसबेल जमिनदारसँग कुरा गर्ने आँट कसैको हुदैनथे त्यसैले पनि यो जमिन अहिलेसम्म साहुकै नाममा रह्यो। आज बाटो, विजुली, वस्ती नजीकै विद्यालय भएपनि जमिनको मूल्य बढेपछि उनीहरुको मनमा पाप आएको उनले बताए।

यहाँ बस्न दिएको सट्टामा जमिनदारले मुसहरहरु बस्दै आएको गाउँ ब्लकको जमिन लिएका थिए। त्यो जमिन अहिले उनीहरुले विभिन्न व्यक्तिलाई बेचि सकेका छन्।

त्यसबेला जनिदारलाई जमिन पास गराउन बाख्रा, भैंसी बेचेर पनि थप पैसा पनि बुझाउनु भयो तर, जमिन पास गराउन नसकेको ७७ वर्षिय कुशवा सदायले बताए। उनले भने, ‘त्यसबेला जमिनदारको जमाना थियो। जमिनको मूल्य पनि थिएन। बुबाले जमिन पास गराउन भनेर भैसी, बाख्रा बेचेर पैसा दिएको पनि हो। तर, जमिन पास हुन सकेन उनीहरुकै नाममा रह्यो।’

जमिनको मूल्य बढेपछि अहिले आएर सुवेलालका नाती हेमशंकर अरगरियाले बस्तीका ११ घर परिवार विरुद्ध मुदा दायर गरेको छ। उनले आफ्नो जमिनमा राता रात घर बनाएर कब्जा गरेकोले खाली गराउन माँग सहित जिल्ला अदालत सिरहामा मुद्दा हालेका छन्।

स्थानीय ६४ वर्षिय मंगनिया मुखियाले स्थानीय जग्गा दलालहरुको उस्काहटमा जमिन्दारले दलितहरुलाई दुःख दिने नियतले मुद्दा हालेको बताए। उनले भेन, ‘हामी स–सानै छदा यहाँ सदायहरुको बस्ती थियो। यहाँका सवै सदाय जमिनदारकैमा काम गर्थे। सदायहरुको बस्दै आएको गाउँ ब्लकको जग्गा पनि जमिदारले नै बेचेर खाए। अहिले गरिव दलितहरुलाई दुःख दिईरहेको छ। अरगरिया अहिले जनकपुरमा बसोवास गरिरहेको छ।’

७० वर्षिय कुवली सदायको जन्म यहि भएको हो। उनले आफ्नो वुवाले जङ्गल फडानी गरेर बसेका बताए। उनले भने, ‘हामी यहाँ आज आएर बसेको होइन। मेरो जन्म यहि भएको हो। बुबाहरुले यहाँको खोरिया फाडेको सुनाउनु हुन्थ्यो। आज विभिन्न प्रपञ्च रचेर बेघर गर्ने प्रयास भईरहेको छ। हामीलाई सवैको सहयोग चाहिएको छ।’

करिव ३० घर परिवार रहेको मुसहर वस्तिका रामदयाल सदा, कवली सदा, कुशवा सदा, पति रदा, भिडिया सदा,इन्दल सदा, शिवु सदासहित ११ जना विरुद्ध मुद्दा परेको छ। यिनिहरु ५/१० धुर गरी ३ कठ्ठा १५ धुर जमिनमा घर बनाएर बसेका छन्।

बाँकी सदाय वस्ती अरगरीया परिवारकै मोहि बापत पाएको जमिनमा रहेको छ। रामदयाल सदायको नाममा रहेको १९ कठ्ठा मोहि जमिनमध्ये ९ कठ्ठा १० धुर पाएका थिए। त्यसवेला पनि अरगरीया परिवारले बस्तीको जमिन रामदयाललाई दिएका थिए। उनै रामदयालले थोरै पैसा लिएर गाउँलेको नाममा जमिन पास गराएको बताए।

पुरै वस्ती अरगरीया परीवारसँगै आफ्नो जमिन साटेर वसेको भएपनि सदायहरुले पुनः रकम तिरेर बस्नु परेको उनीहरुले बताए। अव उनीहरुकै नाममा रहेको जमिनमा भने मुद्दा हालेको छ।

मुद्दा परेपछि गाउँलेहरु अहिले चिन्तित भएका छन्। बसेका जमिन मध्येय कतै जमिन भएका सदायहरु उठिवासको चिन्ताले पिरोलिएका छन्।

जिल्ला हरुवा–चरुवा अधिकार मञ्चले सदाय वस्तीमै पुगेर आफ्नो संगठनको साथ रहेको भन्दै नडराउन आश्वासन दिएका दिएका छन्। मञ्ज्ञचका अध्यक्ष श्यामसुन्दर सदायले, ‘तपाईहरु आफ्नो जमिनको लागि आवाज उठाउनुहोस्, हामी तपाईहरुको साथमा छौं। तपाइँहरु खुट्टा कमाउनु पर्दैन, हामी तपाईहरुको साथमा छौं।’

naraha pus