सिरहा, २९ मंसिर। सिरहाको एक निजी विद्यालयको होष्टलमा खाना बनाउन आमालाई पालो दिन गएकी एक बालिका शिक्षकबाट बलात्कृत भएकी छिन्। विष्णुपुर गाउँपालिका १ मा रहेको रोज बोर्डिङ स्कूलको होस्टलमा खाना पकाउने आमालाई पालोदिन गएकी महिलाकी १४ वर्षीया किशोरी बिहीबार मध्यराति शिक्षक २५ वर्षिय रञ्जित यादवबाट बलात्कृत भएकी हुन्।
विद्यालयको होष्टेलमा नियमित खाना बनाउने किशोरीकी आमा काम विशेषले घर बस्नुपर्ने भएकाले आमालाई पालो दिन उनी विहिवार बेलुका आएका थिए। पीडित बालिका सामुदायिक विद्यालयको कक्षा ९ मा पढ्छिन्।
खाना बनाएर सबेलाई खाना ख्वाएर सुतेकी किशोरी राती शिक्षक यादवको सिशकार भएको बताइएको छ। घटनापछि शिक्षक यादव फरार भएका छन्।
घटना लगतै बालिकाले राति नै दिदीलाई फोन गरेर जानकारी गराएकी थिइन्। उनकी दिदीले विद्यालयका सञ्चालक संजय यादवलाई राती १२ बजे फोन गरेर विद्यालयको घटना भएको छ तत्काल जान भनेर फोन गरेका थिए। उनकी दिदीले फोन गरे लगतै विद्यालयका अर्का एक शिक्षकले पनि फोन गरेपछि आफू रातीनै घरबाट विद्यालय पुगेको संस्थापन यादवले बताए।
उनी विद्यालय घटना थाहाभएपछि शिक्षकलाई गाली गरें। त्यसपछि म बालिकालाई सम्झाई बुझाई गर्न तिर लागे त्यतिबेला नै उनी फरार भए। उनलेभने, ‘बालिका राति नै घर जान चाहेकी थिईन, मैले विहान आमालाई बोलाएर पठाउँछु भनेर राखें। राती नजाउन भने। विहान अभिभावक आएपछि उनीहरुकै जिम्मा लगाएको हो।’
स्कूलका सञ्चालक यादवले बोर्डिङ र आफूहरूको बेइज्जत हुने भन्दै मिलापत्र गर्न दबाब दिएको बालिकाका आफन्तले बताइएको छ।
बलात्कार आरोपी शिक्षक यादव सिरहा नगरपालिका १७ पटेर्वाका हुन्। नजीकै लक्ष्मीपुरमा बस्दै आएका शिक्षक यादव एक महिलना पहिलादेखि विद्यालयमै बस्दै आएको छ। उनकी श्रीमती सुत्केरी हुनेअवस्थाकी रहेकाले श्रीमतीलाई घर पुर्याएर उनी विद्यालयमै बस्दै आएका थिए। उनले विज्ञान विषय पढाउँदै आएका थिए।
यता जिल्ला प्रहरी कार्यालय सिरहाले घटनाबारे जानकारी आएको र यस विषयमा जान्ने प्रयास भर्ई रहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी राविन्द्र राज पाण्डले पीडित आएको र उनका अभिभावकहरु आउने क्रममा रहेकोले घटनाबारे सोधपुछ गर्ने कार्यभईरहेको बताए।