सिरहा, २९ मंसिर। मुक्ति नेपाल गोलवजारले ३२ औं लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रमगरी मनाएको छ। जिल्लाका विभिन्न पालिकाहरुमा स्थानीय सरोकारवालहरुसंगको समन्वय सहकार्यमा लैंगिक हिंसा न्यूनिकरण सम्वन्धि जनचेतनमूलक कार्यक्रमहरु गरी मनाएको हो।

‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालवालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने मूल नाराकासाथ मुक्ति नेपाल गोलवजारले अभियान अन्तर्गत गोलवजार नगरपालिका विभिन्न वडाहरुमा वालविवाह मुक्त वडा घोषणाका लागि कार्ययोजना निर्माणका लागि छलफल वैठक २ पटक गरेको जनाएको छ।

अभियानकै क्रममा महिला तथा किशोरीहरुको सहभागितामा लैगिक हिंसा रोकथाम सम्वन्धी जनचेतनामूलक अभिमूखिकरण कार्यक्रम सञ्चालन भएको संस्थाका संयोगक विसेशवर दासले जानकारी दिए। उनले यस कार्यक्रमाट दुई सय ४५ जना महिला तथा किशोरीहरुले लैंगिक हिंसा रोकथाम सम्बन्धी जानकारी हासिल गरेको बताए।

गोलवजार र सिरहा नगरपालिकामा लैंगिक विरुद्धको रयाली तथा लागू औषध दूव्र्यसनी रोकथामका लागि जनचेतनामूलक कार्यक्रमहरु संचालन भएको थियो।
संस्थाले ७५ औ मानव अधिकार दिवसको अवसरमा गोलबजारमा नगरस्तरीय सरोकारवालहरुसंगको पञ्जिकरण सम्बन्धी जानकारीमुलक अभिमुखिकरण कार्यक्रमको आयोजना गरेका थियो। कार्यक्रममा व्यक्तिगत घटना र घटना दर्ता प्रकृयाबारे अन्तरक्रिया सम्पन्न भयो। सोही क्रममा वालविवाह रोकथाम तथा मानव अधिकारका क्षेत्रमा योगदान गरेका आमाहरुलाई समान गरिएको संयोजक दासले जानकारी दिए।

संस्थाले सिरहा, गोलबजार, धनगढीमाई, कल्याणपुर, कर्जन्हा लगायतका नगरपालिकामा लैङ्गिक हिंसा विरुद्ध र्याली तथा सडक नाटक, अन्तरकृया, सरोकारबालाहरुसँग छलफलहरु चलाएका थिए।

मुक्ति नेपाल गोलवजार र धनगढीमाई, कल्याण्पुर, कर्जन्हा नगरपलिकाका वडाहरु संगको समन्वयमा लैंगिक हिंसा, मनोसामाजिक तथा मनोविमर्श सम्बन्धीको अभिमूखिकरण, रयाली तथा अन्तक्रियाकार्यक्रहरु संचालन गरेको संस्थाले जनाएको छ।

अभियानका क्रममा विभिन्न विषयहरुमा भएको छलफल, अन्तरकृया, अभिमुखिकरण, सडक नाटककामा एक हजार पाँच सय भन्दा धेरै सहभागी भएको संस्थाले जनाएको छ।