सिरहा, २८ मंसिर। डिभिजन वन कार्यालय लहानले धनगढीमाई नगरपालिले प्रेशित गरेको विज्ञप्तीप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
कसुरको जाँचबुझ तथा अनुसन्धानको लागि नियन्त्रणमा लिएको ट्याक्टर र जेसीभी नगरपालिकालाई बुझाउन अनुरोध सहितको विज्ञप्ती प्रति वन कार्यालयले पनि विज्ञप्ती जारीगर्दै ध्यानाकर्षण भएको जनाएको हो।
डिभिजन वन कार्यालयले धनगढीमाई नगरपालिका १२ सर्रेबाट गत मंसिर १५ गते वनक्षेत्रमा पर्ने खोलाबाट गिट्टी बालुवा उत्खनन गरेको भन्दै नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। नगर वन कार्यालयको अधिकार विवादमा वन कार्यालय र नगरपालिकाविच विज्ञप्ती युद्ध चलेको छ।
डिभिजन वन कार्यालयले आफू प्रदेश सरकारको मातहतमा रहेको कार्यालय भएकोले प्रदेश सरकार तथा नेपाल सरकारको प्रचलित कानुनको अधिनमा रही आफ्नो जिम्मेवारी वहन गर्दै आएको वनको विज्ञप्तीमा उल्लेख गरेको छ।
विज्ञप्तीमा ‘स्थानीय सरकारले वन, वनक्षेत्र, वन्यजन्तु, वातावरण तथा चुरे क्षेत्रको संरक्षण कार्यमा सहयोग गर्नुपर्नेमा सहयोग र समन्वय नगरी वन संरक्षण, सम्बद्र्धन कार्यमा समेत असर पर्ने गरी कार्यहरु गरेकोले ऐन कानूनको कार्यान्वयन गर्न गराउन अग्रसर भएको हो; उल्लेख गरिएको छ।
नेपालको संविधान २०७२ को अनुसूची–(६)(१९) वमोजिम प्रदेश भित्रको राष्ट्रि वन, जल उपयोग तथा वानावरण व्यवस्थापनको अधिकार प्रदेश सरकारमा निहित हुने र अनुसूची–९ (७) मा संघ, प्रदेश र स्थानीयतहको साझा सूचीमा समेत रहेकोले संविधानको धारा ५६ को उपधारा ६ मा प्रदेशसभा, गाउँसभा वा नगरसभाले कानून बनाउँदा संघिय कानुनसँग नबाझिने गरी बनाउर्ने सविधानमा व्यवस्था रहेको विज्ञप्तीमा उल्लेख गरेको छ।
विज्ञप्तीमा प्रदेशसभा र गाउँसभा वा नगरसभाले बनाएको त्यस्तो कानून संघिय कानुसँग बाझिमा बाझिएको हतसम्म अमान्य हुने भनि स्पष्ट रुपमा उल्लेख भएको लेखिएको छ।
नेपालको वन ऐन, २०७६ को दफा ४९ को (झ) बमोजिम कसुर गरेकोले सोहि ऐनको परिच्छेद १२ बमोजिम कसुरको जाँचबुझ तथा अनुसन्धानको लागि उक्त कार्यमा संलग्न अभियुक्तहरुलाई उक्राउ गरी अनुसन्धान तथा तहकिकातमा प्रकृया अगाडी बढाई वन, वनक्षेत्र, वन्यजन्तु, वातावरण तथा तराई मधेशको जन जीविकासँग जोडिएको चुरे क्षेत्रको संरक्षणमा सम्पूर्ण सरोकारबालाहरुलाई सहयोग गर्न विज्ञप्तीमार्फत अनुरोध गरेको छ।
यता नगरपालिकाले पनि आफ्नो अधिकारक्षेत्र वन कार्यालयले मिचेको भन्दै वनलाई आफ्नो क्षेत्र प्रवेश गर्दा अनुमति लिन अनुरोध गरेको छ।