सिरहा, २७ मंसिर। सिरहाको धनगढीमाई नगरपालिकाको सर्रे खोलाबाट डिभिजन वन कार्यालय लहानले अनुसन्धानको लागि नियन्त्रणमा लिएको चालकसहित एक थान जेसीभी र सात थान ट्याक्टर तत्काल नगरपालिलाई बुझाउन अनुरोध गरेको छ।
सम्झौता विपरित नदिजन्य पदार्थ उत्खनन् गरेको भए कानुनी कार्वाही गर्ने अधिकार पालिकामा निहित रहेको भन्दै डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको बरुण कन्सट्रक्सनको ट्याक्टर र जेसीभी अभिलम्ब धनगढीमाई नगरपालिलाको जिम्मा लगाउन बुधबार विज्ञप्तीमार्फत अनुरोध गरेको हो।
नगर प्रमुख शिव शंकर महतोले जारी गरेमो प्रेस विज्ञप्तीमा पालिकाको वडा नम्वर १२ र १३ मा पर्ने सर्रे खोला विधि प्रकृया अपनाई सम्झौतामा उल्लेखित शर्तको अधिनमा रहेर नदिजन्य पदार्थ उत्खनन् गर्ने कार्यको लागि बरुण कन्सट्रक्सनलाई चलन पुर्जि दिएको उल्लेख गरिएको छ।
‘सम्झौता विपरित नदिजन्य पदार्थको उत्खनन् गरेमा सो उपर कार्वाही गर्ने अधिकार समेत यस पालिकामा निहित रहेको हुँदा डिभिजन वन कार्यालय लहाले अवैध ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् अभियोगको अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको चालकसहित सवारी साधान पालिकाको जिम्मा लगाउन अनुरोध गगरिन्छ।’ विज्ञप्तीमा लेखिएको छ।
विज्ञप्तीमा अगाढी लेखिएकोे छ, ‘सम्झौताबाट सृजितहुने सम्पूर्ण कानुनी परिणामको जवाफदेही पूर्ण रुपमा नगरपालिकाको रहेको हुँदा अनुसनधानको नाममा डिभिजन वन कार्यालय लहानले बदनियत पूर्वक सम्झौतामा हस्ताक्षर गरेको प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरु उपर गरेको अमर्यादित व्यवहार तत्काल स्थागित गरी नगर प्रमुखसँग समन्वय एवम् पूर्व जानकारीमा मात्र नगरपालिका भित्र कुनै पनि गतिविध गर्न जानगारी गराइन्छ।’
विज्ञप्तीमा नेपालको संविधान, २०७२ को अनुसूची ९, स्थानीय सरकार सञ्चालन एने, २०७४ ले दिएको अधिकार र ‘धनगढीमाई नगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय कार्यविधि, २०७७’ आधारमा उत्खनन् कार्यको ठेक्का लगाईको उल्लेख गरिएको छ।
डिभिजन वन कार्यालय लहानले अवैधरुपमा गिट्टी, बालुवा निकालिरहेको अवस्थामा धनगढीमाई १२ सर्रेखोलाबाट यहि मंसिर १५ गते एक थान डोजर र छ वटा ट्याक्टर नियन्त्रणमा लिएको बताएको छ।
डिभिजन वन कार्यालय लहानका प्रमुख डिभिजनल वन अधिकृत सुजित कुमार झाले वन एने २०७६ अनुसार नम्वरी बाहेका सवै जमिन वनको अधिकार क्षेत्रमा पर्ने भइकाले त्यस्ता ठाउँमा उत्खन गर्न स्थानीय तलहले जिल्ला समन्वय समिति र वन कार्यालयको सहमति र समन्वयमा वातावरणीय सर्वेक्षण गरेरमात्र ठेक्का लगाउन पाउने व्यवस्था भएको बताउँदै आएको छ।
प्रमुख झाले ‘यो क्षेत्रको ठेक्का र वातावरण सर्वेक्षणको विषयमा हामीसँग कुनै सहमति तथा समन्वय नभएकाले हामीले गाडीहरु नियन्त्रणमा लिएका हौं; स्थानीय पालिकाले ठेक्का लगाएको भए त्यसको प्रकृया र आवश्यकताको आधारमा कार्वाही अगाडी बढ्छ।’
यता स्थानीयले भने दिनदाहाडै जथाभावी उत्खनन गरिरदाँ चुँइक्क सम्म नबोल्ने नगर प्रमुखले ठेकेदारको गाढी पकडाउपर्दा विज्ञप्ती नै जारी गरेको प्रति आसंका व्यक्त गरेका छन्। स्थानीय बुद्धिजीविहरुले धनगढीमाई नगरपालिकाको उत्तरी क्षेत्रमा अनुमति नै नलिई पचासौं ठाउँबाट गिट्टी, बालुवा निकासी भइरदा नगरपालिकाले संरक्षण गर्ने जिम्मा हामै्र हो भन्दा हासो उठेको बताउँछन्।