सिरहा, २६ मंसिर। सिरहाको गोलबजार नगरपालिका ४ स्थित मुक्तिनाथ विकास बैंकले कर्मचारी अभाव भएको भन्दै सामाजिक सुरक्षा बत्ता वितरणमा ढिलासुस्ती गरेकाले सेवाग्राही मर्कामा परेका छन्।
बैंकले समायमा सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउँदा गोलबजार नगरपालिका ७ र ८ नम्वर वडाका बृद्धभदा, पालपोसण, एकलमहिलासहित एक हजा दुई ७७ जना लाभग्राही मर्कामा परेका हुन्।
नगरपालिकाले आर्थिक वर्ष २०८०\०८१ को पहिलो त्रैमासिक किस्ता एक साताभन्दा पहिला नै सवै प्रकृया पुरा गरी पठाएको जनाएको छ। बैंकले भने अझै भुक्तानी प्रकृया अगाडी नबताएको सेवाग्राहिहरुको गुनासो छ।
सेवा ग्राहिले भने गोलबजारकै अन्य बैंकले वितरण गरिरहेपनि मुक्तिनाथले भुक्तानी दिन आलटाल गरिरहेको सेवाग्राहिहरुले आरोप लगाए। गोलबजार नपा ८ का सेवा ग्राहि जेष्ठ नागरिक राशलाल यादव भने, ‘बैंकमा पैसा एक साताभदा बढी भईसक्यो। म पछिल्लो पाँच दिनदेखि बैंक धाईरहेको छु। बैंकले कुनै वास्तै गर्दैन। पुस १ गते आउनु भनेर फाईदिए।’
यता मुक्तिनाथ विकास बैंकले कर्मचारी अभाव, आन्तरिक लेखा परीक्षण र बैंकका म्यानेजर पनि विदामा रहेकाले वितरण गर्न नसकिएको बैंकका अपरेशन इन्चार्ज मुकेश कुमार साहले बताए।
उनले भने, ‘नगरपालिकाले पनि ढिलोगरीमत्र पैसा पठायो, हाम्रो पनि आन्तरिक लेखा परीक्षण, नयाँ र थोरै कर्मचारी भएकाले वितरणगर्न समस्या भईरहेको थियो। आजै म्यानेजर आईसक्नु भएको छ। हामी सल्लाह गरेर एक÷दुईदिनभित्रै वितरण प्रकृया अगाडी बढाउँछौं।’





















