सिरहा, २४ मंसिर। सिरहाका जवरजस्ती करणी प्रयासबाट पीडित ५९ वर्षिय दलित महिलाले न्याय नपाएको भन्दै आक्रोस व्यक्त गरेका छन्। घाँस काट्न गएका बेला यहि मंसिर ४ गते अपरान्ह मिर्चैया नगरपालिका ७ फूलबरीयाका ५० वर्षिय मोतिवुल सेख विरुद्ध जवरजस्ती करणी प्रयासको उजुरी उपर प्रहरीले कुनै सुनवाई नभएको भन्दै महिलाका आफन्त आक्रोशित भएका हुन्।
घटनाको भोली पल्टै मंसिर ५ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिएपनि अझै पीडक सेख गाउँ घरमै घुमिरहेको पीडितका आफन्तले बताए। उनीहरुले भने, ‘बुढापाकाहरुमाथि पनि यस्तो घटनाहुदा समेत प्रहरी प्रशासनले कार्वाही प्रकृया अगाडी नबढाउँदा हामी त्रसित छौं। उनीहरुले बुढापाका माथि त यस्तो घटना घटायो, अव हामीले हाम्रा छोरी–चेली कसरी सुरक्षा गर्ने भन्ने चिन्ता बढेको छ। प्रहरीको मौनता ले पनि आहिलाई शसंकित बनाएको छ।’
उनीहरुले तत्काल प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी कानुनी प्रकृया अगाडी बढाउन अनुरोध समेत गरेका छन्।
कसरी भयो घटना ?
पीडति महिलालाका अनुसार फूलबरीयाको सार्वजनिक पोखरीदेखि १० मिटर दक्षिण मंसिर ४ गते करिव ४ बजेको समयमा घाँस गरिरहेको अवस्था आएका सेखले कुराकानी गरे। कुरा सकेर म घाँस काट्न थालेपछि पछाडीबाट आएर एक्कासी मलाइई बोकेर नजीकैको लहरी वारीमा पुर्याएर पछारे। पछारेर लुगा फूकाल्न थालेपछि मैले गुहार गुहार भन्दै हल्ला गरेर हातमा रहेको हसियाले काट्न खोजेपछि पछिहटे त्यहि बेला म भागेर इज्जत र ज्यान जोगाउन सफल भएँ।
पीडितले भने, ‘आत्तिदै घर आएर मैले आफन्तलाई घटनाबारे सुनाएँ। आफ्न्तको सहसयोगमा भोली पल्टै मंसिर ५ गते प्रहरीमा उजुरी दिएँ। उजुरी दिएको २० दिन वितिसक्दा पनि प्रहरीले कुनै कार्वाही अगाडी बढावएको छैन। प्रहरीले कार्वाही अगाढी नबढाउँदा हामी झन पीडित भएका छौं।’
प्रहरीले हामी गरिव दलितको आवाज नसुनेको भन्दै दुखेसो समेत गरे।
प्रहरीले भने मुद्दा दर्ता भईसकेको र प्रहरीले घटनामा संलग्नको खोजी गरीरहेको जनाएको छ।