सिरहा, २२ मंसिर। सिरहाको गोलबजार नगरपालिका ४ मा लैङ्गिक हिसा रोकथामका लागि वडास्तरीय सरोकारवालाहरुको भूमिका र बालविाह मुक्त वडा घोषणाकालागि कार्ययोजना निर्माण सम्बन्धी वडा स्तरीय छलफल वैठक सम्पन्न भएको छ। वडा कार्यालय र मुक्ति नेपालको सहकार्यमा ३२ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियानको क्रममा वडा स्तरीय छलफल कार्यक्रम सम्पन्न भएको हो।

छलफलमा लैङ्गिक हिंसा रोकथाम तथा न्यूकिरणको लागि सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधी, प्रहारी प्रशासन, नागरिक समाज लगायतका सरकोकारबालाहरु एकजुट हुनु पर्नेमा जोड दिए। उनीहरुले सवैपक्षको मेहनत र प्रयासबाट मात्रै लैङ्गिक हिंसा रोकथाम हुने बताए।


छलफलको क्रममा वडा अध्यक्ष सकलदेव यादवले लैगिक हिसांको सवालमा सवै रानैतिक दल, समाजसेवी, वुद्धिजीविले आ–आफ्नो भूमिका निर्वाह गर्नु अति जरुरी रहेको बताए। उनले दलित, गरिव बस्तीहरुमा बाल–विवाहमुक्त वडा घोषणा लागि कार्ययोजनाको मातहतमा रही विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्नु पर्नेमा बताए। वडा अध्यक्ष यादवले जनचेतनासँगै बाल–विवाह मुक्त नगरपालिका अभियान संचालन निर्देशिका २०७९ अनुसार कार्यान्वय गर्ने कुराम जोड दिए।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय गोलवजारका प्रहरी नायव निरीक्षक सोम बहादुर भण्डारीले लैगिक हिंसा रोकथामको लागि प्रहरीका साथै वुद्धिजिवि तथा स्थानीयवासीको भूमिका प्रभावकारी हुनुपर्ने बताए। लैंगिक हिंसा न्यूनिकरणका लागि टोल वस्तीहरुमा जनचेतनामूलक कार्यक्रमहरु, बाल विवाह, दहेज प्रथा जस्ता विषयमा छलफलका लागि वडामा मेलमिलापकर्ता र न्ययायिक समितिको सक्रियता पनि जरुरी रहेको बताए। उनले यस्ता घटनाहरुमा राजनीतिक चलखेल र हस्तक्षेप रोकिनु पर्नेमा जोड दिए।

छलफल कार्यक्रममा विभिन्न दलका प्रतिनिधी, जनप्रतिनिधी, नागरिक समाजका अगुवाहरुको सहभागीता रहेको थियो।