सातौं दक्षिण एशियाली कराते प्रतियोगितामा मदेश प्रदेशका सानदार उपस्थिति

    • मंसिर २१, २०८०
    • ६८७ पटक पढिएको
    • गमक पाेस्ट
    alt


    सिरहा, २१ मसंर। काठमाडौंमा सम्पन्न भएको ७ औं दक्षिण एशियाली कराते प्रतियोगितामा मदेश प्रदेशका सहभागीहरुको उत्सापूर्ण विजयी हात पारेका छन्। मधेश प्रदेशबाट प्रतियोगितामा सहभागी चारजना मध्येय तीन जनाले स्वर्ण र एक जनाले रजत पदक हात पार्दै प्रदेशको सहभागीतालाई उत्सापूर्ण बनाएका हुन्।

    Prshiya oo

    मंसिर १२ गते देखि १७ गतेसम्म भएको दक्षिण एशियाली कराते प्रतियोगितामा नेपालभरबाट विभिन्न समूहका ७५ जना खेलाडी सहमागी रहेका थिए। तीनैमध्येय मधेश प्रदेशबाट चार जना खेलाडी सहभागी भएको नेपाल कराते महासंघ मधेश प्रदेशका सचिव कसम लामाले जानकारी दिए।

    प्रतियोगितामा –४७ केजी क्याडेटबाट पोर्सिया चौधरीले स्वर्ण पदक हातपारेकी छिन्। फाईनलमा भारतकी जननी मोहनसँग भिडेका चौधरीले ५–० स्कोर अन्तरले स्वर्ण पदक चुम्न सफल भएकी हुन्।

    रितिक लामा –५२ केजी क्याडेटले पनि भारतका खेलाडीसँग फाईनल खेल खेलेका थिए। उनी भारतसँग ७–११ स्कोरअन्तरले विजयी भएकी हुन्।

    सुस्मिता वाईवा –४० केजी १६–१७ जुनियर पनि भारतीय खेलाडीसँग फाईलनमा भिडेका थिए। भने, नेहाल मण्डलले –७० केजी क्याडेटमा रजत पदक हात पारेका थिए।

    यो प्रतियोगितामा नेपालले ३० स्वर्ण पदक जितदै नेपाल प्रथम, २२ स्वर्ण सहित भारत दोस्रो, ६ वटा स्वर्ण पदक सहित बङ्गलादेश तेस्रो स्थान हासिल गरेको आयोजकले जनाएको छ। श्रीलङ्का भने २ वटा स्वर्ण पदक हातपार्दै चोथो स्थानमा रहे। ६३ वटा स्वर्ण पदकको खेल भएको थियो।

    प्रतियोगितामा दक्षिण यसियाली मुलुकहरुमध्येय ६ वटा देशका तीन सय २० जना खेलाडीको सहभागीता रहेको थियो।

    आफ्नै बलबुत्ताले खेलिरहेका कराते खेलाडीहरुको लागि सरकारबाट आवश्यक प्रोत्साहन र लगानी आवश्यक रहेको नेपाल कराते महासंघ मधेश प्रदेशका सचिव कसम लामाले बताए। उनले सानो सहभागीतामा पनि मधेश प्रदेशले उत्कृष्ट खेल कौशल प्रदर्शन गरेको बताए।

    खेल र खेलाडीले सधै नेपाल र नेपालीको शिर उच्च पार्दै आईरहेको भएपनि स्थानीय, प्रदेश र केन्द्र सरकारको खेल प्रतिको उदासीनताले खेलाडी भने ओझेलमा पर्ने गरेका छन्।

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल