मणिलाल वश्वकर्मा
लहान, ११ मंसिर। दिदी–बहिनीले आफ्ना दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामनासहित कात्तिक शुक्ल द्वितीयादेखि पूर्णिमासम्म मनाउने सामा–चकेवा पर्वको समापनको अवसरमा सोमबार सिरहाको लहानमा र्याली निकालिएको छ।
लहान क्षेत्रका थारु युवायुवती, किशोरकिशोरीहरुको समूहले सामा चकेवा समापनमा लहान बजारमा र्याली गरेका हुन्। र्यालीमा सहभागीहरु थारु भेषभूषा र पहिरनमा सजिएका थिए।
बम
कात्तिक शुक्ल द्वितीय तिथिदेखि दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवालगायतका पात्रहरुको माटोको स–साना मूर्ति बनाएर खेल्ने गर्छन्। कात्तिक शुक्ल पूर्णिमाका दिन सामा चकेवालाई अर्को वर्ष आउनु भन्दै विसर्जन गर्ने चलन छ।
सामा चकेवा सुरु भएपछि माटोले बनाइएको सामा (स्त्री) र चकेवा (पुरुष), चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावनलगायतका पात्रको मूर्तिलाई चौरमा राखी गोलाकार रुपमा बसेर महिलाहरुले दाजुभाइको प्रशंसा र चुगला भन्ने पात्रलाई गाली दिँदै गीत गाउने गर्छन्।