सिरहा, ११ मंसिर। सिरहा र धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा स्नान गर्ने श्रद्धालुहरुको आज रुपमा घुइँचो लागेको छ।
आइतबार साँझबाट सिरहा, धनुषा, महोत्तरी लगायत भारतको विहारबाट समेत कात्तिके पूर्णिमाको अवसर पारेर कमला नदीको सारश्वर, बनिनिया, बसपिट्टा, बडेरबा, फूलबरिया, उतरवाहिनी, इनर्वालगायतका घाटमा स्नान गर्न पुगेका हुन्।
विशेष गरी ग्रामीण क्षेत्रका टुनामुनामा विश्वास गर्नेहरुले आजका दिन कमला नदीमा स्नान गरे तन्त्र मन्त्रमा सिद्धि प्राप्तीको लागि कमला नदीमा नुहाउनेहरुको भीड लाग्ने गरेको हो।
कार्तिक शुक्ल पूर्णिमाको दिन कमला नदीमा स्नान गरे रोग व्याधि नलाग्ने जनविश्वास रहदै आएको छ।
पछिल्लो केही वर्षदेखि आजकै दिन वर्षभरी धामी, झाँक्रीका गुण सिकेकाहरु सिद्धप्राप्तीको लागि जानेहरुका कारण भूत मेलाको रुपमा परिणत हुन थालेको छ। यस्तो कुप्रथालाई सम्बन्धित निकायले वेलैमा नियमन नगरे हिंसाका घटनाहरुले थप प्रश्रय पाउन सकिने जानकारहरु बताउँछन्।
२१ औं शताब्दीमा पनि मधेश प्रदेशका कतिपयले भूत, प्रेत एवम् टुनामुनामा विश्वास गरेकै कारण अकालमै ज्यान गुमाउनु परेको छ भने महिलामाथि हुने हिंसाहरु पनि दिन प्रति दिन बढ्दै गएको तथ्यांकले देखाउँछ।