खेल र खेलाडीको विकास र सम्मान सरकार लाग्नु पर्छ : मन्त्री महतो

    • मंसिर १०, २०८०
    • २६३ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    एवी चौधरी

    सिरहा, १० मंसिर। वन तथा वातावरण मन्त्री डाक्टर विरेन्द्र प्रसार महतोले सिरहाको कर्जन्हा नगरपालिकाको आयोजनामा बन्दिपुरमा भइरहेको दोश्रो कार्तिकेय कुमार गोल्डकप २०८० को उद्घाटन समारोहमा सम्बोधन गर्दै खेलले व्यक्तिको पहिचान र क्षमतालाई मात्र नभइ सिंगो राष्ट्रकै पहिचान दिलाउने प्रतिनिधी भएकाले खेल र खेलाडीलाई सम्मान गर्नुपर्ने बताएका छन्।

    खेलको उद्घाटन गर्दै मन्त्री महतालेले नेपाली खेलाडीहरुले देशको नाम विश्वभरी फैलाई रहेको बताउँदै खेल र खेलाडीलाई राष्ट्रले सम्मान र खेलमा डिकिरहने अवस्था बनाउनु पर्नेमा जोड दिए।

    उनले आफ्नो तर्फबाट पनि सरकार र सदमा खेल र खेलाडीको संरक्षण र सम्मानको निम्ति आवश्यक पहल गर्ने जनाए।

    दोश्रो कार्तिकेय कुमार गोल्डकप २०८० को उद्घाटन खेल बिरगंज यूनाइटेड, बारा ११० र वसाहा क्लव, उदयपुर बीच भएको छ। खेलमा ३–० अन्तरले बिरगंज यूनाइटेड, बारा ११० ले जित हात गरेको छ। खेल सुरुभएको ३ मिनेटमा पहिलो गोल गर्दै अग्रता लिएको बिरगंज यूनाइटेड,बारा ११० ले खेल सुरुभएको १० औं र १४ औं मिनेटमा लगातार गोल गरेपछि निकै दबाबमा देखिएका वसाहा क्लव, उदयपुर पराजित भएको बन्दिपुर यूथकलव कर्जन्हा सिरहाका अध्यक्ष शिव कुमार सिंहले जानकारी दिए।

    बिरगंज यूनाइटेड ९ बारा ११० लाई जित दिलाउनका लागि समिम क्षेत्रीले दुई र समिर कुवरले एक गोल गरेपछि त्यहि गोल खेलका लागि निर्णयक बनेको थियो।

    कर्जन्हा नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजना तथा सहआयोजक मूल टुर्नामेन्ट, समिति र बन्दिपुर यूथ क्लव, कर्जन्हा सिरहाको आयोजनामा नेपाल राष्ट्रिय फुलकुमारी महतो माध्यमिक विद्यालय बन्दिपुरको प्रांगनमा भइरहेको गोल्डकपमा आइतबार बन्दिपुर एफ.सि. सिरहा र सशस्त्र प्रहरी बल, बर्दिवास बीच खेल हुने रेडियो गंगाजललाई आयोजकले जानकारी दिएका छन्।

    नगरपालिकाको यूवाहरुलाई खेल तर्फ आकर्षण गर्नका लागि नगरपालिकाले विभिन्न कार्यहरु गरिरहेको अवस्थामा यो गोल्डकपको समेत आयोजना गरिएको कर्जन्हा नगरपालिकाको नगर प्रमुख भोला प्रसाद पोखरेलले बताए।

    कर्जन्हा नगरपालिकाको नगर प्रमुख भोला प्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसार महतो, उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठ यादव, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य बुद्धिजिवी समाजसेवी, स्थानिय विद्यार्थीहरुको उपस्थितीमा उद्घाटन समारोह गरिएको सहआयोजक मुल टुर्नामेन्ट समितिका अध्यक्ष मनोज जर्घामगरले जानकारी दिए।

    लगानी सम्मेलन सफल भय ...

      काठमाडौं, १७ बैशाख। अर्थमन्त्री वर्षमान पुन ...

    वीरगञ्जमा अवैधरूपले ...

      वीरगन्ज, १७ बैशाख। वीरगन्ज महानगरपालिक ...

    धनुषामा युवकको शव फे ...

    सिरहा, १७ बैशाख। धनुषाको नगराइन नगरपालिका २ मा एक युवकक ...

    तीन वर्षिया छिमेकी ब ...

    सिरहा, १७ बैशाख। सिरहामा आफ्नै छिमेकीको ३ वर्षिया छोरी ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल