सिरहा, ९ मंसिर। गोलबजार नगरपालिकाका उप–प्रमुख मान्ति कुमारी साहले महिला हिंसा अत्यन्तयका लागि सवै तप्काको सहयोग र सहकार्य आवश्यक रहेको बताएका छन्।
‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूख्नाराकासाथ विभिन्न गैरसरकारी संस्थाहरुको सहकार्यमा गोलबजार नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै उप प्रमुख साहले कुनै एक व्यक्ति, संस्था एवम् समुदायलको प्रयासबाट हिंसा अन्त्य नहुने बताएको हो।
उप–प्रमुख साहले नगरपालिका सवैखालका हिंसा विरुद्धको अभियानमा सक्रिय रहेको बताउँदै हिंसा पीडित महिलाहरुलाई आवश्यक सहयोग गरिरहेको र गर्न तयार रहेको बताए। उनले भने, ‘नगरपालिकाबाट सवैखालका महिला हिंसा पीडितलाई आवश्यक सहयोग गरिरहेका छौं, पीडित महिलाहरुलाई न्याय र आवशयक राहतको लागि हामी सधैं तयार छौं।’
सोही क्रममा प्रमुख प्रशासकिय अधिकृत अनन्त कुमार पौड्यालले सवैखालका हिंसाको विरुद्धमा बजेट सहितको नीति आवश्यक रहेको बताए। उनले भने, ‘महिला, बालबालिका सम्वन्धि सवैखालको विकासको लागि गोलबजार नगरपालिकाले नीति बनाउने र आवश्यक बजेट व्यवस्थापनको लागि आवश्यक पहल गर्न जनप्रतिनिधीहरुलाई आग्रह छ।’
शुभारम्भ कार्यक्रममा मुक्ति नेपालका कार्यकारी निर्देशक श्याम कुमारी साहले असमान शक्ति सम्वन्धका कारण महिलाहरु हिंसा व्यहोर्न बाध्य भएको बताए। एउटै घरको पुरुष सम्पूर्ण सम्पतिको मालिक हुने र महिला दासीको अवस्थामा रहनुले महिला पीडित हुनु परेको जीकिर गरे।
निर्देशक साहले भने, ‘महिला विहान उठेपछि राति नसुतदासम्म काम गर्दा पनि त्यसको मूल्याकङ्कन नहुने तर, पुरुषले गरेको कामको आर्थीक मूल्याङ्कन र सम्पूर्ण सम्पतिको मालिक पुरुष भएकाले पनि महिला आज हिंसामा शिकार भएका छन्।’
उनले विभिन्न तथ्याङ्कहरुले लेख पढगरेका व्यक्तिहरुबाटै महिला धेरै हिंसामा परेको देखिएको बताए। उनले भने, ‘हिजोसम्म हामीले अशिक्षित, गरिव र निमुखा परीवारमा महिला हिंसामा हुन्छ भन्ने सोच थियो तर, विभिन्न तथ्याङ्कले शिक्षित परीवारमै महिला बढी हिंसामा परेको देखाएको छ।’
कार्यक्रममा गोलबजार ४ का वडा अध्यक्ष सकलदेव यादव, दलित महिला केन्द्र (सीडिडब्लुएन) का आनन्द पाख्रिन र मुक्ति नेपालका विन्देश्वर दासले मन्तव्य व्यक्त गरेका थिए।
महिला तथा बालिका हिंसा सम्वन्धि विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका करिव दुई सय महिला तथा किशोरीहरुले गोलबजार परीक्रममा गरेका थिए।
कार्यक्रममा दलित महिला केन्द्र, नेपालका आनन्द पाख्रिनद्वारा लिखित ‘दहेज र महिला हिंसा विरुद्ध सडक नाटक’ प्रदर्शन गरेका भएका थिए।
भनेजती दहेज नल्याउने र छोरीमात्र पाउने बुहारीको हविगत कस्तो हुन्छ भन्ने नाटकले देखाएको छ। त्यस्ता श्रीमतीले दिनहु मानसिक तथा शारिरीक हिंसा बेहोनुपर्ने देखी हत्या सम्म हुने गरेको मधेशको तितो सत्य हो। जसलाई नाटकले प्रस्ट पारेको छ।
नेपाली समाजमा गहिरोगरी गडेर रहेको छोराप्रतिको आसक्तीलाई नाटले छरलङ्ग देखाएको छ। ‘छोरा नपाएकै कारण बाउ–आमा, समाज, पारिवारिकबाट मानसिक हिंसा खेप्न बुहारीहरु बाध्येय छन्,’ जसलाइ नाटकले जस्ताको तस्तै प्रस्तुत गरेको छ।
विशेषगरी मधेसी समाजमा भनेजती दहेज नल्याउँदा एउटा बुहारी, श्रीमतीले भोग्नु पर्ने प्रताड्नालाई महत्वका साथ नाटकले दर्शाएको छ। सामाजिक कुशंस्कारको रुपमा रहेको दहेज प्रथा, छोरीमात्र पाएका कारण महिलाले भोग्नुपर्ने हिंसालाई नाटकले दर्शाएको छ।
समाजमा कुरितिको रुप लिदै गरेको दहेथ प्रथा, काहालि लाग्दो अवस्थामा फैलिदै गरेको महिला हिंसा नाटकले उजागर गरेको छ।
समाजमा हुने सवै खालका अन्याय, उत्पीडन र कुरिति न्यूनिकरण गर्न नाटकले भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
त्यसैगरी आजै, धनगढीमाई नगरपालिका महिला, बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा धनगढीमाई ११ छपडारी बजारमा पनि र्यालीसहित कोणसभा र सडक नाटक प्रदर्शन गरेका थिए।
कोणसभालाई धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतोले सम्वोधन गरेका थिए। उनले महिलाहिंसा अन्त्यको लागि सहकार्य आवशयक रहेको बताए। उनले बढ्दो महिला हिंसा अन्त्यको लागि आफ्नो व्यक्तिगत नगरको तर्फबाट सधै तत्पर रहेको बताए।
आजै जिल्लाको सदरमुकाम सिरहामा पनि महिला हिंसा विरुद्धको १६ दिने अभियानको आरम्भ कार्यक्रम सम्पन्न भएको छ।