सिरहा, ८ मंसिर। सिरहा प्रहरीले करिव १२ ग्राम प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा कर्जन्हा नगरपालिका ३ बन्दिपुरबाट कर्जन्हा २ का ३० वर्षिय विश्वा मित्र महतोलाई ११ ग्राम ८२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्तणमा लिएको हो।
इलाका प्रहरी कार्यालय बन्दिपुर र लागूऔषध ब्युरो जनकपुरको संयुक्त टोलिले गोप्य सुचनाको आधारमा महतोलाई चेकजाँच गर्दा निजको साथबाट प्लाष्टिकमा पोको पारेको लागू पदार्थ ब्राउन सुगर, १२ हजार छ सय ५० रूपैयाँ नगद, ऐन्ड्रोईड मोबाईल दुई थान बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राबिन्द्र राज पाण्डेले जानकारी दिए।
पक्राउ परेका महतोलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।