सिरहा, २३ कात्तिक। सिरहाको मिर्चैया नगरपालिकाले आफ्ना नागिरिकलाई पालिकाबाटै राहदानी (पासपोर्ट) वितरण गर्ने सूचना जारी गरको छ। नगरपालिकाले पालिकाबाट निशुल्क फारम भरेका नागरिकलाई पालिकाबाटै राहदानी उपलब्ध गराउने भएको हो।

पालिका प्रमुख श्रवण कुमार यादव र प्रशासकीय प्रमुख विष्णु रजन बरालको संयुक्त हस्ताक्षर भएको सूचनामा ‘मिर्चैया नगरपालिकाले स्थानीय पालिकाटै राहदानीको निःशुल्क फारम फर्ने सुविधा उपलब्ध भएको र यहाँबाट फारम भरेका नागरिकलाई नगरपालिकामा नै राहदानी उपलब्ध उने’ उल्लेख गरेको छ।

नगर प्रमुख यादवले आफ्ना गरिकको सुविधाको लागि नरले गर्न सक्ने भएकाले राहदानी वितरण कार्य सञ्चालन गर्ने निर्णयमा पुगेको बताए। उनले भने, ‘अव आफ्नै पालिकाबाट राहदानी पाउने भएपछि पटक–पटक जिल्ला धाउनुपर्दा हुने आर्थिक, मानसिक र परिश्रमको बचत हुने विश्वासव लिएको छु।’

नगरपालिकाबाट प्राप्त फारम, फोटो र राहदानी शुल्क जिल्ला प्रशासन कार्यालयमा एक पटक बुझाएकाहरुले नगरको रेमी परियोजना शाखाबाट राहदानी प्राप्त गर्न सकिने जारी सूचनामा उल्लेख गरेको छ।

mirchaia