सर्लाही, २२ कात्तिक। सर्लाहीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा थप दुई जना घाइते भएका छन्।बाँस बोकेको ना. ५ त ६१६२ नम्वरको ट्याक्टर आफै अनियन्त्रित भएर गोडैता नगरपालिका ८ सिसौटियामा दुर्घटना हुँदा चालक गोडैता नगरपालिका ७ का ४० वर्षीय अखिलेश्वर पटेल र गोडैता८ का २८ वर्षीय शंकर पटेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका पटेलद्वयलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी दीपेन्द्र पण्जियारले जानकारी दिए।

दुर्घटनामा गोडैता ८ कै २० वर्षीय रुपेश महतो र रौतहटको परोहा नगरपालिका ८ का २४ वर्षीय जयप्रकाश पटेल घाइते भएका छन्।

रुपेशको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पताल र जयप्रकाशसको वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।