सिरहा, १९ कात्तिक। सिरहामा प्रहरी र वन कर्मचारीले ठूलो परीमाणमा काठसहित एक व्यसायीलाई पक्राउ गरेका छन्।

सिरहाको गोलबजार नगरपालिका ४ मा रहेको गौरव सःमिलबाट प्रतिवन्धित करम जातको करिव दुई सय क्यूविक फिट गोलीया र चिरान काठसहित मिलका सञ्चालक श्याम साहलाई वन कर्मचारीले नियन्त्रणमा लिएका हुन्।

मिल देखि करिव ४ सय मिटर उत्तरबाट ईलाका प्रहरी कार्यालय गोलबजारको गस्ती टोलिले सानो ठूलोगरी १५ थान करिव एक सय क्यूविक फिटबरार करम जातको काठ गोलिया लोड भएको ना. ३ त ९६१५ नम्वरको ट्याक्टर र चालक गोलबजार २ का २५ वर्षिय दिपेन्द्र महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

विशेष सूनाको आधारमा प्रहरीले काठ लोडगरीएको ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको काठसहितको ट्याक्टर र चालक डिभिज वन कार्यालय सिरहा लहानलाई बुझाइएको छ।

सो काठ पनि गौरव सः मिलमै लान लागिएको बताइएको छ। प्रहरीले काठ नियन्त्रणमा लिए लगतै त्यहाँ पनि सञ्चलक साह पुगेको स्थानीय प्रत्यक्ष दर्शिले बताए।

यता सव डिभिजन वन कार्यालयका चोहर्वाका प्रमुख सतनारायण यादवले सः मिलबाट रकम लिएर काठ छोडेको सूचना वाहिरीएपछि डिभिजन वन कार्यालय लहानबाट आएको टोलिले चिरान र गोलिया सहित ९९.२४ क्यूविक फिट काठ बरामद गरेको छ। वन कर्मचारीले सः मिलका सञ्चालक साहलाई पनि नियन्त्रणमा लिएको छ। साहलाई आजै जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको डिभिज वन कार्यालय सिरहा लहानका निमित्त प्रमुख सुजित कुमार मिश्रले जानकारी दिए।

गएको राती काठ सः मिलमा लगेको सूचना वहिरीएपछि सञ्चारकर्मीले वन कार्यालयमा सम्पर्क गरेपछि यादवले रकम लिएर मिलाउने प्रयास गरेको कुरा बाहिरीएको हो। वन कै एक कर्मचारीले खोजतलासको क्रममा केही कर्मचारीको मिलेमत्तोमा काठ छोडीको सूचना दिएका थिए।

काठ लालपुरको सामुदायिक वन र व्यक्तिको जमिनबाट कटान गरी ल्याएको बताइएको छ।

करम जातको काठ मधेश प्रदेशमा कटान गर्न प्रतिवन्ध लगाइएको वन कर्मचारीले बताएको छ।

सिरहाका विभिन्न सः मिलहरुमा वन कर्मचारी र प्रहरीकै मिलेमत्तोमा अवैध रुपमा विभिन्न जातका काठहरु आउने गरेको बताइन्छ।

kath 13 kath1222222222222222222 kath11