काठमाडौं, १९ कात्तिक। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली भुकम्पपीडितको उद्दार, राहत र उपचार अवस्था बुझ्न केहीबेरमै प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम पुग्दैछ।
नेपाली सेनाको जहाजबाट सुर्खेत पुगी त्याहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने उक्त टोलीले प्रभावितहरुका लागि एकहजार ५० स्लिपिङ ब्याग, दुईसय दुई त्रिपाल र एकसय ब्ल्याङ्केट समेत वितरण गर्नेछ।
टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत सहभागी रहेकाछन्।