सिरहा, १५ कात्तिक। सिरहा प्रहरीले स्रोत नखुलेको करिव पाँच लाख नगद सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ।

लहान–ठाडि सडक खण्डको सखुवानान्कारकट्टि गाँउपालिका ५ बाट भारत विहानरको मधुबनी जिल्ला, सुगापट्टि ग्राम पञ्चायत ११ का २९ वििर्षय सन्तोष कुमार महत्तोलाई चार लाख ९७ हजार नौ सय रुपैयाँसहित लिएको हो।

इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरी टोलिले नम्वर नभएका नयाँ मोटरसाइकल चेकजाँच गर्ने क्रममा महतोको साथबाट स्रोत नखुलेको उत्त रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी राजन्द्र राज पाण्डेले जानकारी दिए।

नियनत्रणमा लिएको महतोलाई रकमसहित आवश्यक कार्वाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाईएको छ।