सिरहा, १३ कात्तिक। सिरहा प्रहरीले प्रतिवन्धित लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरको छ।
प्रहरीले धनगढीमाई नगरपालिका १३ बाबुराम खोलाबाट धनगढीमाई नगरपालिका ४ का ५० वर्षीय पदमबहादुर विश्वकर्मालाई १३ किलो प्रतिवन्धित लागुऔषध गाँजासहित पक्राउ गरेको हो।
तयारी अवस्थामा रहेको गाँजा प्लास्टिकमा पोकारी भारततर्फ लग्दै गरेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गाँजा सहित विश्वकर्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी राजेन्द्र राज पाण्डेले जानकारी दिए।
पक्राउ परेका विश्वकर्मालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको प्रहरीले जनाएको छ।