सिरहा, १३ कात्तिक। सिरहाको बिष्णुपुर गाउँपालिका कर्मचारीहरुले २४ घण्टाभित्र तलवभत्ता उपलब्ध नगराए कार्यालयको कामकाज ठप्प गरी धर्नामा बस्ने चेतावनी सहितको ज्ञापनपत्र बुझाएका छन्।

दशैंजस्तो महत्वपूर्ण पर्वमा पनि तलव भत्ता नखुवाएको भन्दै कर्मचारीहरुले भोली कात्तिक १४ गते सम्ममा सम्पूर्ण कर्मचारीहरुको तलब भत्ता निकासा नभए १५ गते देखि कामकाज ठप्प गरी धर्नामा बस्ने चेतावनी सहितको ज्ञापनपत्र गाउँ पालिका अध्यक्ष सत्यनारायण यादवलाई बुझाएका हुन्।

कर्मचारीले बुझाएको ज्ञापनपत्रमा, ‘नेपालको महत्वपूर्ण चाड दशैं पनि विष्णुपुर गाउँ पालिकाको कार्यालयले सम्पूर्ण कर्मचारीहरुको तलब भत्ता निकासा गर्न नसकेकोप्रति हामी सम्पूर्ण कर्मचारीहरुको गम्भीर ध्यानाकर्षण भएको छ। दशमी अगाडि नै गाउँ सभा सम्पन्न गरी चाडपर्वमा हाम्रो तलब भत्ता निकासा गर्नु पर्नेमा हाल सम्म पनि उक्त कार्य गर्न नसकेकाले कार्यालयको अन्य कामकाजसमेत प्रभाभित हुन पुगेको छ।’

जसका कारण स्वास्थ्य संस्थामा अति आवश्यक औषधीको अभाव, दशै, तिहार र छठ जस्तो महान चाडपर्वको समयमा पनि जेष्ठ नगरिक, विधवा महिला, अपाङ्ग तथा बाल–बालिकाहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण हुन नसक्नु, इन्टरनेट सेवा अवरुद्ध भई वडा कार्यालयहरुमा मालपोत रसिद, सिफारिस, नगद रसिद राजश्व असुली र अन्य संचार सम्बन्धी कामकाज प्रभावित हुने गरेको कर्मचारीले बुझाएको ज्ञापनपत्रमा उल्लखे गरिएको छ।
विद्यालयमा दैनिक पठन पाठन कार्यमा कठिनाई, स्वास्थ्य संस्थामा अनलाईन दैनिक रिपोर्टिङग प्रभावित भएको उल्लेख गरेको छ।

आन्तरिक विवादका कारण नगरसभा हुन नसक्दा यहाँका कर्मचारीले नयाँ आथिएक वर्ष सुरुभएदेखिको तलवभत्ता पाउन सकेका छैनन्।

bisnupura 13 jgs school