सर्लाही, १० कात्तिक। सर्लाहीको चक्रघट्टा गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

चक्रघट्टा गाउँपालिका ४, सुन्दरपुरमा छिमेकी छेदी साहको चापाकलमा जडान गरिएको मोटर चलाएर पानी भर्न खोज्दा करेन्ट लागेर २७ वर्षीय वीरेन्द्र साहको शुक्रवार अपरान्ह मृत्यु भएको हो।

साहलाई उपचारको लागि तत्कालै प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।