प्रिन्सिपलले थुनेका विद्यार्थी र उनलाई छुटाउन पुगेका बुवा।
- सन्तोष यादव
लहान, ८ कात्तिक। सिरहाको लहान नगरपालिकाका(४ स्थित एक बोर्डिङले बन्धक बनाएको विद्यार्थीको प्रहरीले उद्धार गरेको छ।
कक्षा १ मा अध्ययनरत सचिन रामलाई पाराडाइज एकेडेमीका सञ्चालकसमेत रहेका प्रिन्सिपल राकेश गुप्ताले दसैँमा फी नबुझाएको भन्दै घरमा थुनेर राखेका थिए।
छोरा सचिनलाई स्कूलले बन्धक बनाएको भन्दै उनका बुवा दीपेन्द्रले उद्धार गरिदिन इलाका प्रहरी कार्यालय लहानलाई गुहारेका थिए । त्यहाँका डीएसपी भोला भट्ट आफैँ विद्यालय पुगेर आज बालकको उद्धार गरेको स्रोतले बतायो।
प्रहरीले बोर्डिङ सञ्चालक राकेश गुप्तासहित तीनजनालाई नियन्त्रणमा समेत लिएको छ।
डीएसपी भट्टले विद्यार्थीलाई उद्धार गरेको र अनुसन्धानका लागि तीनजनालाई कार्यालयमा ल्याएको बताए।
उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ। थप कुरा बोल्न मिल्दैन।’स्रोतका अनुसार बोर्डिङ सञ्चालक गुप्ता पक्राउ परेलगत्तै निजी विद्यालयका सञ्चालकहरूले छुटाउनका लागि प्रहरीलाई दबाब दिइरहेका छन्।
नेपाल पे्रस।