बाँके, ७ कात्तिक। प्रमुख जिल्ला अधिकारी श्रवण पोख्रेलसहित सुरक्षा अधिकारीले बाकेको सीमावर्ती क्षेत्र र सीमा स्तम्भको अनुगमन तथा निरीक्षण गरेका छन्। बाँके सरुवा भएर आए पछि पहिलो पटक प्रजिअ पोख्रेल र एसपी सुभाष चन्द बोहरा नरैनापुर पुगेरक्षेत्रको नेपाल भारत सिमा बगौडाको निरिक्षण गरेका हुन्।

नरैनापुर गाँउपालिकाले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण पोख्रेल र एसपी सुभाष चन्द बोहरालाई गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह सहित स्थानीयहरुले भव्य स्वागत गरेका थिए।

सोमबार नरैनापुर पुगेका प्रजिअ पोख्रेललाई स्थानीयहरुले आफूहरु नेपाली भएको अनुभूति गर्न नपाएको प्रति चिन्ता व्यक्त गर्दै स्थाथीयहरुले आफूले उत्पादन गरेको खाद्यान्न सदरमुकाम सम्म पुर्याउन नपाउदै नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करीको खाद्यान्न भन्दै नियन्त्रणमा लिने गरेकोले तत्काल उक्त कार्य बन्द गर्न आग्रह गर्दै तस्करी सिमानामा नै रोक्नु पर्ने सुझाव दिएका थिए।

प्रमुख जिल्ला अधिकारी पोख्रेलले नरैनापुरमा उत्पादन भएको खाद्यान्न प्रहरीले नियन्त्रणमा लिनु ठिक नभएको बताउदै उनले सीमामा नै तस्करहरुलाई नियन्त्रणमा लिन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिदै स्थानीय किसानहरुलाई पिडा हुने गरी कार्य नगर्न सुरक्षा अधिकारीहरुलाई कडा निर्देशन दिए।

नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरका किसानहरु निकै पिडामा रहेकोले किसानको समस्या समाधान गर्न तर्फ भूमिका खेल्न प्रजिअ पोख्रेल सहित सुरक्षा अधिकारीहरुलाई सुझाव दिए। उनले अर्को प्रसंगमा नरैनापुर धार्मिकताका आधारमा निकै सम्बेदनशील ठाँउ भए पनि दशैँको मूर्ति विसर्जन कार्यलाई सौहर्दपूर्ण रुपमा सम्पन्न गर्ने गरी तयारी गरिरएको बताए।