सिरहा,४ कात्तिक। प्रादेशिक अस्पताल सिरहाको समन्वयमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.ले छैर्ठौं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
समाजप्रतिको दायित्वलाई ध्यानमा राखेर सेवाभावले बार्षिकोत्सवको अवसरमा रक्तदान गरिएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सिरहा शाखाका प्रबन्धक लालबावु यादवले बताए।
उनका अनुसार प्रादेशिक अस्पताल सिरहाका प्रमुख डाक्टर नागेन्द्र प्रसाद यादवले रक्तदान गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।
प्रादेशिक अस्पताल सिरहाले संचालनमा ल्याएको ब्लड बैंकमा गरिएको कार्यक्रममा १९ जनाले रक्तदान गरेको मातृभुमी युवा समाज नेपालका अध्यक्ष मनिष कुमार यादवले बताए।
कार्यक्रममा संस्थाका प्रबन्धक लालबाबु यादव, प्रादेशिक अस्पताल सिरहाका व्यवस्थापक सवनम महतो, जीवछ प्रसाद ढकाल, नेपाल प्रहरी हवल्दार रामबिश्व प्रसाद यादव, समाजसेवी युवा राजु मुखिया, धनजित कुमार यादव लगायत १९ जनाले रक्तदान गरेको उनले बताए।
रक्तदान कार्यक्रम संचालन व्यवस्थापनमा प्रादेशिक अस्पताल सिरहाका डाक्टर सोनु यादव, रामसागर महतो, स्वंसेवक डाक्टर अविनास पूर्वे, अमित मुखिया र सुमित कुमार यादव स्वंसेवकको रुपमा काम गरेका थिए।