सिरहा १ कात्तिक। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मिर्चैया उप–शाखाले मृत्युदाबी १० लाख रकम भुक्तानी गरेको छ।
इन्स्योरेन्स कम्पनीले मिर्चैया उप–शाखाको कल्याणपुर नगरपालिका १० का स्वर्गिय अरुण कुमार महतोकी श्रीमती विमल महतोलाई १० लाख ३७ हजार ४ सय २ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो।
इन्स्योरेन्स कम्पनी मिर्चैया उप–शाखाका कार्मचारी गणेश कुमार ठाकुरले कार्यालयमै चेक हस्तान्तरण गरेको जानकारी दिए। ठाकुरले मृत्यु दावीहरु छिटो छरितो रुपमा भुक्तानी गर्दै आएको बताए।उनले मृतक महतोले बार्षिक ४१ हजार ९ सय २ रुपैयाँका दरले २ किस्ता बजारवर ८३ हजार ८ सय ४ रुपैयाँ जम्मा गरेका थिए।
कम्पनीका बिमित स्वर्गिय अरुण कुमार महतोको केहीदिनअघि कमला नदीमा डुबेर मृत्यु भएको थियो।